इङ्ल्यान्ड र वेल्स युरोकपको नकआउट चरणमा प्रवेश

रोशन मेवाहाङ/ एचके नेपाल डट कम –
लण्डन ७ असार । फ्रान्सको राजधानी पेरिसस्थित ग्रिनहेल रङ्गशालामा युरोकपको समूह चरणको खेलमा स्लोभाकियालाई बराबरीमा रोक्दै इङ्ल्याण्ड र रसियालाई ३–० गोल गर्दै वेल्स नकआउट चरणमा प्रवेश गरेका छन्।

१० जुनदेखि फ्रान्समा युरोकप सुरु भइसकेको छ । जहाँ युरोप महादेशका २४ राष्ट्रिय टिमहरूले समुह चरणको खेलकालागि मैदानमा प्रतिस्पर्धा गरिरहेका छन् ।

अन्तर्रा्ष्ट्रिय प्रतियोगितामा लगातार असफल भइरहने इङ्ल्यान्ड अहिले राम्रो टिम निमार्ण गर्नमा केन्द्रित देखिन्छ । सन २०१२ बाट आधिकारीक इङ्ल्यान्डका राष्ट्रिय फुटबल खेलमा प्रशिक्षक नियुक्ति भएका रोय हड्सनले युवा खेलाडीलाई मौका दिएका छन् ।

मिडफिल्डर डेली अली र ज्याक विलसेयर बल आफ्नो नियन्त्रणमा राख्न पोख्त मानिन्छन् ।

विगतका असफलता बिर्साउदै इङ्ल्यान्डले यो संस्करणको उपाधि जित्नेमा आशा भरोसा राखेको देखिन्छ ।

युरोकप फुटबलमा आज राति ४ खेल हुनेछन् । समूह सी का अन्तिम लिग खेलहरुमा नर्दन आयरल्याण्ड र जर्मनी तथा युक्रेन र पोल्याण्ड भिड्नेछन् ।





Comments

comments

Leave a Reply

13159