अर्काको विचार चोरेर नयाँ शक्ति !

काठमाडौँ – नयाँ शक्तिको नाममा पुराना मान्छेहरुले खोलेको नयाँ शक्ति नेपाल नामक पार्टी अन्य दलहरुभन्दा कुनै अर्थमा “ठीक” र “नयाँ” नभएको सो पार्टीका नेताहरुको व्यवहारले नै स्पष्ट गरेको छ ।

पार्टीमा अर्थ समितिको संयोजक रहेका रामेश्वर खनालले पार्टी घोषणा गर्ने क्रममा जम्मा एक करोड चार लाख रुपैयाँ मात्र खर्च भएको सार्वजनिक गरेका छन् ।

तर, दैनिक पत्रिकाहरुलाई ज्याकेट विज्ञापन मात्र १ करोड २८ लाख रुपैँयाको उपलब्ध गराइएको थियो भने टेलिभिजन तथा रेडियोहरुको खर्च बेग्लै छ । क्याप, पर्चा, पोष्टर, मञ्च व्यवस्थापन, स्टेशनरी र जिल्ला जिल्लाबाट राजधानीसम्म आउनेहरुसम्म आउनेहरुका लागि यातायात खर्चसमेत जोड्दा पार्टी घोषणको क्रममा दश करोड रुपैयाँभन्दा बढी खर्च भएको स्वतः अनुमान गर्न सकिन्छ ।

यसरी “नयाँ शक्ति” ले पनि पुरानै तरिकाले ढाँट, छल गर्न खोजेको देखिएको छ । नयाँ शक्तिले आफ्नो “परिचय” दिएको छ । आफूलाई इमानदारश एवम् पारदर्शी दाबी गर्ने बाबुराम भट्टराई र रामेश्वर खनालबाट भएको अपारदर्शी कार्य व्यवहारलाई लिएर समूहभित्रै पनि असन्तुष्टि बढेको बुझिएको खबर घटना र विचारले छापेको छ ।





Comments

comments

Leave a Reply

13172