नेपाल मेला पश्चात तमुधिं यूकेको साधारण सभा

सुमलकुमार गुरूङ / एचकेनेपाल डट कम-
लण्डन। मिचेट, बेलायतस्थित तमुधिं यूकेको भवनमा आइतवार समाजका अध्यक्ष कमल गुरुङको अध्यक्षतामा वर्षको सबैभन्दा ठूलो कार्यक्रम नेपाली मेला पश्चात साधारण सभा सम्पन्न भएको छ।

नेपाली मेलामा सहभागी सबै संधसंस्थाका प्रतिनिधिहरुलाई निमन्त्रण गरेर सम्पन्न गरिएको यस सभालाई समाजका महासचिव नन्दजंग गुरुङले सञ्चालन गरेका थिए तथा सभामा सबै सहभागीहरुलाई स्वागत तथा आभार व्यक्त गर्दै स्वागत मन्तव्य समाजका उपाध्यक्ष रामचन्द्र (सुर्य) गुरुङले प्रकट गरेका थिए।

आसन ग्रहण पश्चात सम्पन्न साधारण सभामा सबैभन्दा पहिले नेपाली मेलाको बारेमा विस्तृत छलफल भएको थियो। प्रत्येक वर्ष सम्पन्न गरिने नेपाली मेलाको यो छैंठौ संस्करण थियो। यसपालीको नेपाली मेला भव्यताका साथ सफल भएको मन्तव्यहरु सबै सहभागीहरुले व्यक्त गरेका थिए तथा कमीकमजोरीहरुलाई इङ्गित गरेर यसलाई कसरी सफल पार्न सकिन्छ वा सुधार गर्न सकिन्छ भन्ने विषयमा गहन छलफल भएको थियो।

यसपालीको नेपाली मेलामा अन्य स्टेज कार्यक्रमहरुलाई छाडेर बेलायतका ३८वटा संघसंस्थाहरु झाँकी प्रदर्शनीमा सहभागी थिए। पुन समाज यूकेले लगातार तीन पटक झाँकी प्रदर्शनीमा विजय भएर रेकर्ड कायम गर्न सफल भएको छ र नेपाली राजदूतावास बेलायतद्वारा प्रायोजित एम्बेसेडर कप जित्न सफल भएको छ। सभामा प्रत्येक सहभागी संघसंस्थाहरुलाई तमुधिं यूकेको तर्फबाट प्रशंसापत्र सहित जनही २०० पाउण्डको चेक तमुधिं यूकेका अध्यक्षको बाहुलिबाट प्रदान गरिएको थियो। पुन समाज यूकेले तीन पटकसम्म झाँकी प्रदर्शनी जित्न सफल भएकोमा अतिरिक्त ३०० पाउण्ड सो सभामा प्रदान गरेको थियो।

सभामा नेपाली मेलाको मुख्य संयोजक तमुधिं यूकेका उपाध्यक्ष ज्ञाम गुरुङले तयार पारेका सूचीक्रममा नेपाली मेलालाई योगदान पुर्याएका विभिन्न तहतप्काका व्यक्तित्वहरुलगायत सञ्चार जगतसंग आबद्ध रहेकाहरुलाई समेत सम्मान गरेको थियो। नेपाली मेलाको छलफलपछि लन्चको व्यवस्था गरिएको थियो। यसै सभामा तमुधिं यूकेको मुखपत्र “फ्रेंसी”को सम्पादक मण्डली मिडिया सचिव रोहित गुरुङको संयोजनमा गठन भएको छ। “फ्रेंसी” मुखपत्र ल्होछारको अवसरमा विमोचन गरिन्छ।

सभाको अर्को चरणमा ल्होछार कार्यक्रम सम्बन्धि छलफल भएको थियो। ल्होछार संयोजक तमुधिं यूकेका उपाध्यक्ष रामचन्द्र गुरुङको संयोजनमा एउटा ल्होछार कमिटीको गठन भएको छ तथा कमिटीले नै ल्होछारका लागि मनोरञ्जन कार्यक्रमका सहभागी कलाकारहरुको चयन गर्ने कुराको निर्णय भएको थियो। स्व. डा हर्क गुरुङ र स्व. डा.चन्द्र गुरुङको स्मृति दिवस मनाउनेबारे पनि छलफल भएको थियो। यसपालीको स्मृृति दिवस तमु प्ये ल्हु संघ तथा तमुधिं यूकेको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न हुंदैछ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

1318