दुनियाँलाई छक्क पार्ने गरी नेपालीले यसरी गर्दैछन् विश्व फेशन परेड…

विजय थापा / एचकेनेपाल डट कम –
वाशिंगटन डिसी । अमेरिकाका नेपालीमूलका युवाहरुको बिशेष संलग्नता तथा पहलमा आगामी सेप्टेम्बर महिनामा शान्तिको लागि विश्व फेशन परेड नामक महत्वाकांक्षी कार्यक्रमको आयोजना हुने भएको छ ।

शान्तिको लागि भेषभूषा को नारा दिइएको उक्त कार्यक्रम सेप्टेम्बर २५ तारिख न्युयोर्कको प्रसिद्ध गोथाम सभा कक्षमा हुने तय भएको छ ।

विश्व शान्तिको प्रबर्धन फेशनको माध्यमद्वारा भन्ने नारालाई बिशेष महत्व दिइएको उक्त कार्यक्रम अहिलेसम्म भेषभूषा प्रदर्शन बिश्व शान्तिको प्रबर्धन भनि नगरिएको आयोजकले दाबी गरेका छन् ।

यस बृहत फेशन प्रदर्शनमा बिश्व भरका डिजाइनर तथा मोडलहरु सहभागी हुने छ उनीहरुले सयुक्त रुपमा बिश्व शान्तिको संदेश दिने गरि सबैलाई एक थलोमा ल्याईने छ।

अमेरिकामा नेपालीहरुको कार्यक्रम मै ईतिहासमै यो कार्यक्रम सबै भन्दा ठूलो हुने छ भन्ने विश्वास गरिएको छ । जसको कारण नेपालको नामलाई सगरमाथा झैँ उच्च बनाउने विश्वासको साथ नेपालीमूलका युवाहरु अहोरात्र खटिई रहेका छन् ।

विश्व भेषभूषा प्रदर्शनको कार्यक्रम स्थल गोथाम सभा मण्डपको कार्यक्रम स्थलको शुल्क अति चर्को ($ ७० हजार डलर )पर्ने भए पनि आँटका साथ अगाडी बढेका छन् ।

डिसी महानगर क्षेत्रमा बसोबास गर्ने विश्व फेशन परेडका रणनीति तथा संचालन निर्देशक निराकार उप्रेतीले यो भनेको स्वप्न मंच हो भने । जहाँ विश्वका भेषभूषा डिजाइनर र महिला तथा पुरुष मोडलहरु सहभागी हुदैछन् । यो बृहत परियोजनालाई सिद्ध गर्न कुनै कसर नछोड्ने प्रतिबद्धतासहित बढिरहेको बताए । उनले भने यस्ता बृहत कार्यक्रममा हामी सबै नेपाली समुदायले गर्व गर्नु पर्छ ।

विश्व शान्तिको संदेश साथमा लिएर वर्ल्ड फेसन परेडले नेपाललाई प्रबर्धन गर्न योगदान गर्ने छ । वर्ल्ड फेसन परेड नेपाल पर्यटन बोर्डकी सद्भावनादूतको साथ सहभागी हुने छ जस्मा नेपालको कला ,संस्कृति ,फेसन तथा पर्यटक क्रियाकलापको प्रदर्शन गरिने भएको छ ।





Comments

comments

Leave a Reply

13188