तालिबानी धम्की नटेर्दा १३ नेपालीले ज्यान गुमाउनु पर्यो

काठमाडौं– अफगानिस्तानमा सुरक्षा गार्ड उपलब्ध गराउने सुरक्षा कम्पनीले तानिबानी समूहलाई धम्कीबापत पैसा नबुझाउँदा काबुल घटना भएको त्यहाँ पुगेर फर्किएको नेपाली टोलीले निष्कर्ष दिएको छ।

घटनाअघि नै तालिबानी समूहले सुरक्षा कम्पनीसँग मोटो रकम मागेको र उक्त रकम नदिएपछि पूर्वजानकारी दिएरै आक्रमण गरेको टोलीमा संलग्न अधिकारीले आफ्ना माथिल्ला निकायलाई ब्रिफिङ गरेका हुन् ।

अफगानिस्तानको काबुलमा १३ जना नेपालीको ज्यान जाने गरी सोमबार भएको बम विस्फोट तालिबानी समूहले मागेको ‘एक्स्ट्रोसन मनी’ (धम्क्याएर पैसा उठाउने) नदिँदा भएको आँकलन त्यहाँ पुगेर फर्किएको टोलीले गरेको हो । घटनामा मारिएका नेपाली काबुलको ‘साबरी’ सुरक्षा कम्पनीअन्तर्गत क्यानेडाली दूतावास सुरक्षामा कार्यरत थिए ।

काबुल मिसनमा संलग्न सुरक्षा अधिकारीले अफगान प्रहरी, फर्किएका व्यक्ति र अन्य स्रोतसँगको कुराकानीका आधारमा ‘घटना तालिबानी धम्कीलाई सामान्य रुपमा लिँदा र सुरक्षाप्रति सचेत नहुँदा भएको हुन सक्ने’ बेहोराको प्रारम्भिक रिपोर्टिङ माथिल्लो निकायमा गरेका हुन् ।

काबुल आक्रमणका सम्बन्धमा अफगानिस्तान सरकारले भनेजस्तै आत्मघाती आक्रमण नभई गाडीमा बम राखेर बाहिरबाट विस्फोट गराइएको हुनसक्ने बुधबार फर्किएको टिमको निष्कर्ष छ ।

‘हाई एक्स्पोलोजिब प्रयोग भए पनि ह्युमेन बम भएको आधार भेटिएन, अफगान प्रहरीले पनि केही भेटेको छैन, काबुल घटना एक्स्ट्रोसनबाट प्रभावित रहेको भेटियो,’ काबुलबाट फर्किएका सुरक्षा अधिकारीलाई उद्धृत गर्दै एक उच्च प्रहरी अधिकारीले भने ।

ती अधिकारीका अनुसार मिसनमा गएको समूहले काबुल प्रहरी, विमानस्थल सुरक्षा र फर्किएका तथा घाइते नेपालीसँगको कुराकानीका आधारमा अफगानिस्तानमा सुरक्षा सेवा दिने कम्पनी चलेको व्यवसाय रहेको र तालिबानीले त्यस्ता कम्पनीसँग बेलाबेला पैसा माग्ने गरेको खबर नागरिक दैनिकमा छ ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

13201