आत्मघाती गोलले वेल्स क्वार्टरफाइनलमा, यसरी टुट्यो उत्तरी आयरल्याण्डको सपना



रोशन मेवाहाङ / एचकेनेपाल डट कम –

लण्डन । शनिबार भएको दोस्रो चरणको प्रतियोगितामा वेल्सले उत्तरी आयरल्यान्डलाई पराजित गर्दै युरोकपको क्वार्टरफाइनलमा छ।

पहिलो हाफ खेलको १९औ मिनटमा वेल्सका आरोन राम्सीले गरेका गोल रेफ्रीले गोललाई अनुमति दिएन । अन्तत दुवैतर्फ ०–० बराबरीमा पहिलो खेलको प्रतिस्पर्धा रोकिएको थियो ।

ग्यारेथ बेलले प्रहार गरेको गोल विपरीत पक्षका गोल रक्षकले कुन दिशातिर आउँने हो भनेर आंकलन गर्न निकै चुनौतीपूर्ण बनेको थियो । दोश्रो हाफको ७४औ मिनेटमा वेल्सका जर्सी नंम्बर १० ग्यारेथ बेलले देब्रेतर्फबाट सानो डिबक्सभित्र आफना मित्र रब्सन कानुलाई गरेका क्रस पास विपरित टिमका जर्सी नंम्बर ४ म्याकअलीले बललाई निर्मल गर्न कोसिस गरेपनि अचानक बल मोडिएर आफनै जालीभित्र छिरेको गोलको परिणामले वेल्सलाई क्वार्टर फाइनलतिर पुर्याएको हो ।

वेल्स ५८ बर्षपछि फुटबल खेलमा फेरी चम्किलो तारा बन्न सक्ने वेल्सनिवासी के्रज बेवे बताउँछन् ।

वेल्सले समूह ‘बी’ मा शीर्षस्थान प्राप्त गर्दै नकआउट चरणको पहिलो यात्रा सुरुवात गरेको हो । वेल्सले लिग चरणको खेलमा रुसमाथि ३–० को प्रतियोगिताको रवाफिलो सफलता चुमेको थियो । उत्तरी आयरल्यान्डसगको प्रतिस्पर्धामा म्याकअलीको आत्मघाती गोलको परिणाम वेल्सकालागि जितका निर्णय गोल बनेका थिए । वेल्सले आगमी हुने क्वाटर फाइनल खेल वेल्जियम अथवा हंगेरीसँग प्रतिस्पर्धा गर्ने छन् ।

डाँडाकाँडा साथै हिमालै हिमाले घेरीएको सुन्दर देशको सपना नकआउट चरणको प्रतियोगिता जित्दै युरोकपको उपाधि हात पार्ने भयानक आशा विपनामा परिणत हुदै गएको देखिन्छ । दोश्रो आफको ८१औ मिनेटमा वेल्सका जोनि वीलियम र आश्ली वीलियम बललाई हेडिङद्घारा विपरीत पक्षबाट बचाउन खोज्दा एक आपसमा ठोकिन पुगेका थिए । विपक्ष खेलाडिसग झडप हुने सम्भावना देखिए पछि रेफ्रिले एकछिनकोलागि खेल रोकेका थिए । रमणिय देश वेल्स वरीयतामा निकै पछाडि देखिए पनि अहिले युरोकपको अन्तिम १६ मा चाख लाग्दो खेल खेलिरहेको राष्ट्रिय टिमका प्रबन्धक क्रिस कोलम्यान दावि गर्छन । वेल्सवासीकालागि यो खुसी मनाउने क्षण हो । उत्तरी आयरल्यान्ड नकआउट चरणमा पुगेपनि उनको यात्रा युरोकपको १५औ संस्करणबाट टुङगिएको छ ।

दुवै टिमले फरक रवाफले प्रतिस्पर्धा गरेपनि खेललाई लिएर भने वेल्सका खेल प्रबन्धक क्रिस कोलम्यानले आफ्ना प्रिमियर लिग खेलाडीको स्तर माथिल्लो रहेको मान्छन् । वेल्सका लागि ग्यारेथ बेल र आरोन राम्सी देशका निर्णायक सावित हुन सक्ने दरिलो र भरपर्दो खेलाडी भएका मान्छन् । दुई टिमको भिडन्तमा वेल्स नै अगाडि देखिएका थिए ।





Comments

comments

Leave a Reply

13214