मन्त्रीकै संलग्नतामा एयरपोर्टभित्र यसरी हुन्छ लूटको धन्दा…

काठमाडौं – कामभन्दा बढी गफ दिने एमालेका मन्त्रीमध्येका एक हुन् पर्यटन मन्त्री आनन्द पोख्रेल ।

पर्यटनमन्त्रीको काम गर्ने शैली र उनको लोभी चरित्रका कारण अहिले उडड्यन प्राधिकरण, पर्यटन बोर्ड, नेपाल बायुसेवा निगम र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रायः सबै ओइल्याएको पाइएको छ।

अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री पोख्रेलको चासो यात्रुको सेवा र सुविधामा भन्दा पनि पूर्व पर्यटन मन्त्री कृपाशुर शेर्पालाई पचास लाख घुस चढाएर टीआईएको प्रमुख बनेका महाप्रबन्धक देवानन्द उपाध्यायबाट कसरी कमिशन र कोशेलीपात हात पार्न पाइन्छ भन्ने ध्याउन्नमा रहने गरेको बताइन्छ।

मन्त्री पोख्रेलले यसका लागि भाइ नाता पर्ने सानु पोख्रेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा सल्लाहकारको रुपमा नियुक्त गर्न लगाएर उठ्तीपुठ्ती र कमिशनको जोहो गर्ने गरेको बताइन्छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका पसलहरु भाडामा लगाउने, नवीकरण गर्नेलगायतका काममा महाप्रबन्धक देवानन्द उपाध्यायसँग मिलेर सानु पोख्रेलले आर्जन गर्ने गरेको खबर आजको समयबद्ध साप्ताहिकले छापेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्याय पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधारमा भन्दा कुन एयरलाइन्स र पसलहरुबाट घुस, कमिशन मासिक कति कमाउन सकिन्छ भन्ने चिन्तामा रहने गरेकाले पचास लाखे महाप्रबन्धक देवान्दबाट सिन्को भाँच्ने काम समेत हुन नसकेको, सुरक्षामा चुनौती थपिएको कुरा लोडरले यात्रुको ब्यागेजबाट आइफोन चोर्नुका साथै संवेदनशील क्षेत्रभित्र रहेको राष्ट्रिय बाणिज्य बैंकभित्रै चोर पसेर बैंक फोडेको घटनाले पुष्टि गर्दछ।

फाइल फोटो





Comments

comments

Leave a Reply

13240