मिस्टर एण्ड मिस नारायणीको पहिलो अडिसन हेटौँडामा सम्पन्न

भोला सुवेदी / एचकेनेपाल डट कम-
हेटौडा, स्ट्रिङ मिडिया प्रालिले आयोजना गर्न लागेको मिस्टर एण्ड मिस नारायणीको पहिलो अडिसन हेटौँडामा सम्पन्न भएको छ। शनिबारबाट सुरु भएको अडिसनमा पहिलो दिन १९ जना सहभागीले प्रस्तुति दिएका थिए। अडिसनमा ९ जना युवती र १० जना युवकले सहभागिता जनाएको आयोजकले बताएको छ।

अडिसनमा निर्णायकको भूमिकामा कोरियोग्राफर प्रवेश गिरी, मिडिया पर्सन सागर न्यौपाने, युवा व्यवसायी तथा कलाकार दीपेन्द्र चन्द ठकुरी, चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष रामशरण दुलाल, सन्ध्या ढुंगाना, बीरगञ्ज टिभीका दीपेश श्रेष्ठ र ब्युटिसिएन अस्मिता श्रेष्ठ रहेका थिए। दोस्रो अडिसन आगामी शनिवार आयोजना गरिने स्ट्रिङ मिडिया प्रालिका निर्देशक शिरस पुडासैनीले बताए।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

1326