स्याङ्जा अग्नीपीडितको लागि हालसम्म १२ लाख संकलन, विदेशबाट सहयोग आउने क्रम जारी

प्रेम न्यौपाने / एचकेनेपाल डट कम –
पोखरा, ४ असार। गत जेठ ५ गते विद्युत सर्ट भई अकस्मात भएको आगलागीबाट पीडित स्याङ्जा मग्याम चिसापानी–१ प्यारसिङ झ्यार्बुङडाँडाका सात घरपरिवारको लागि साउदी अरब, अफगानिस्तान, जापान, हङकङमा रहेका नेपालीहरूबाट सहयोग आउने क्रम जारी छ। हालसम्म स्वदेश तथा विदेशमा रहेका नेपाली दाजुभाइबाट करिब १२ लाख बराबरको राहत सहयोग प्राप्त भएको छ।

चिसापानी–१ प्यारसिङ घर भइ हाल साउदी अरब बस्ने विष्णु थापाको विशेष पहलमा उनीलगायत अनाविव कम्पनीमा कार्यरत नेपाली दाजुभाइबाट एक लाख ३० हजार पाँच सय, चिसापानी–४ जामुने घर भई हाल साउदी अरब बस्ने रुद्र सारुमगरको विशेष पहलमा नेपाली दाजुभाइबाट २४ हजार पाँच सय ७५, चिसापानी–१ प्यारसिङ घर भई हाल साउदीमा कार्यरत जसबहादुर थापा र चिसापानी–४ देउराली घर भई हाल साउदी अरबमा कार्यरत बलु थापाको विशेष पहलमा अल खलेडिया पिवार्कमा कार्यरत नेपाली दाजुभाइबाट ५३ हजार सड्ढलन भएको छ।

चिसापानी–८ राहाले भर भई हाल साउदी अरब बस्ने नवीन पराजुलीको विशेष पहलमा १४ हजार पाँच सय १०, चिसापानी–५ पुछौंदी घर भई हाल जापान बस्ने मित्रलाल सिग्देलको विशेष पहलमा ३५ हजार आठ सय १७, चिसापानी–३ प्यारसिङ घर भई हाल दोहा कतारमा कार्यरत जीवन थापाको विशेष पहलमा १३ हजार एक सय ७२, स्याङ्जा जनसेवा समिति हङकङका अध्यक्ष कोमल गुरुङ (स्याङ्जाली कान्छा), प्रवक्ता मुककाजी गुरुङ, रबिन्द्र थापा, गोपी राना, भोजेन्द्र गुरुङको विशेष पहलमा ४५ हजार हङकङ डलर संकलन भएको र चौथो चरणको राहत संकललन भइरहेको अग्नीपीडित राहत सड्ढलन तथा सहयोग समितिका संयोजक टहलसिंह थापामगरले जानकारी दिए।

यस्तै अफगानिस्तानमा चिसापानी–१ प्यारसिङका क्या. लोकबहादुर थापा, कोरियामा मगर समाज कोरियाका गोकर्ण थापा, झकबहादुर थापा, प्रकाश थापा, पुरन थापाको विशेष पहलमा एकलाख ३० हजार राहत सड्ढलन भएको छ। यस्तै छिमेकी गाउँ समाज स्याङ्जा हङकङको विशेष पहलमा २० हजार डलर सड्ढलन भएको छ। चिसापानी–१ प्यारसिङ भर भई हाल साउदी अरब बस्ने धनबहादुर थापाको तर्फबाट १० हजार, चिसापानी–९ दुईकुना घर भई हाल दोहा कतारमा कार्यरत राजु गुरुङबाट १० हजार रुपैयाँ सड्ढलन भएको समितिले जनाएको छ।पीडितहरूलाई हाल अस्थायीरूपमा बस्ने व्यवस्था तथा खाद्यान्नको व्यवस्था गरिएको थापाले जानकारी दिए।

अग्नीपीडितको सहयोगको लागि समितिका संयोजक टहलसिंह थापामगर तथा मोबाइल नं. ९८५६०–३५०६४ मा सम्पर्क गरी सहयोग गर्न सकिने समितिले जनाएको छ।





Comments

comments

133