गुन्डा नाइकेलाई हतियार राख्ने लाइसेन्स !

सामान्यत: सुरक्षा ‘थ्रेट’ हुने व्यक्तिहरूलाई प्रशासनले हतियार राख्न अनुमति दिने कानुनी प्रावधान छ । तर, समाजमा आतंक फैलाउादै आएका विकास महर्जनलाई प्रशासनले हतियार राख्ने लाइसेन्स दिएको छ ।

एक सयवटा गोलीसहित हतियार राख्ने लाइसेन्स दिइएकोमा उनीसँग ६७ वटा मात्र थियो । जबकि लाइसेन्स नवीकरण गर्दा सबै गोली देखाउनुपर्छ । महर्जनले गोलीहरू धम्क्याउन र सिकार खेल्न प्रयोग गरेका थिए तर पनि जिल्ला प्रशासन कार्यालयले उनको हतियार नवीकरण गर्दै आएको हो ।

हतियार देखाएर धम्क्याएको भन्ने सर्वसाधारणको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी पीताम्बर अधिकारीले बताए । लाइसेन्स लिएको हतियारकै आडमा उनले विभिन्न व्यक्तिलाई धम्क्याउादै आएका थिए । लाइसेन्सप्राप्त हतियारको दुरुपयोग हुँदा पनि उनको हतियारको लाइसेन्स भने खोसिएन । खबर नयाँ पत्रिका दैनिकले छापेको छ।

जेलबाट छुटेलगत्तै हतियार खरिद सिंह अवैध हातहतियार देखाएर गुन्डागर्दी तथा अपहरण गरेको आरोपमा २०६४ सालमा जेल परेका थिए । करिब सात महिना जेल बसेर छुटेलगत्तै उनले सरकारबाटै लाइसेन्स लिएर हतियार किनेको अनुसन्धानमा खुलेको छ । जबकि राम्रो चालचलन नभएका व्यक्तिलाई हतियार राख्ने अनुमति दिन नमिल्ने कानुनी प्रावधान छ।





Comments

comments

Leave a Reply

13301