यूएईबाट मोडलिङमा जम्दै गरेकी निलम खड्का (भिडियोसहित)

राम ढुंगेल / एचकेनेपाल डट कम –
यूएई, युएईमा रहेर नेपालका चर्चित गायकगायिकाहरुका गीत तथा कलाकारहरुसँग मोडलिङ गरिरहेकी निलम खड्काको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ।

गायक प्रमोद खरेलको नयाँ गीतको ‘अमृत भनी बिष दियौं, बिषै पनि पिएँ, तिमी मेरै बन्छौ भन्ने पर्खाइमा थिएँ…’ भन्ने गीतमा अनुराज थपलिया र मोहन बोगटीसँग खड्कालाई देख्न सकिन्छ।

युएईमा रहेर मोडलिङ गरिरहेका बोगटी, थपलिया र खड्का पछिल्लो समय गुणस्तरीय म्युजिक भिडियोमा अभिनय गर्नमा व्यस्त छन् । गीतको भिडियोमा मोडल खड्काले अभिनय तिखार्दै लगेको प्रस्ट देखिन्छ । फोटोजिनेटिक मुहारधारी खड्का काठमाडौंकी बासिन्दा हुन्।

रोजगारीका लागि बिदेशिने नेपालीहरुले नेपाली म्यूजिक भिडियो बनाउने क्रम तीव्र भएको छ । म्युजिक भिडियोको विकासमा प्रवासी नेपालीहरुको भूमिका बढ्दै गएको छ । रोजगारीको सिलसिलमा बिदेसिने नेपालीहरुले पनि गुणस्तरीय म्युजिक भिडियो बनाउन थालेका छन् । नेपाली रजतपटका चर्चित कलाकारहरुले प्रवासी नेपालीहरुले चालेका प्रयासमा प्रत्यक्ष सहयोग गरेपछि त प्रवासमा कार्यरत नेपाली मोडलहरुको हौसला बढेको छ । यसै क्रममा यूएईमा बनेको एक म्युजिक भिडियोले धेरैको ध्यान केन्द्रित गरेको छ।

चर्चाको शिखरमा चढ्दै गरेकी फोटोजिनेटिक मोडल निलमको यो तस्रो भिडियोमा पनि यूएईको अलऐनको प्राकृतिक सुन्दरता, मानव निर्मित हराभरा पार्क, भौतिक सम्पन्नता, अत्याधुनिकता र वैवभतालाई दर्शकहरुले देख्न सक्छन्।

यूएईमै कार्यरत दुई चर्चित मोडलहरु निलम खड्का र मोहन बोगटीको जीवन्त अभिनय रहेको भिडियोमा यूएईका रमणीय स्थलहरुलाई कैद गरिएको छ । गायक प्रमोद खरेलको गीत ‘तिम्रो सिउँदो पराईले भरेको दिन, त्यही हो सानु, त्यही हो सानु, म मरेको दिन’ बोलको गीतको म्युजिक भिडियो गत महिना सार्वजनिक भएको थियो । यो भिडियो सार्वजनिक भएसँगै यूएईबाट पनि उत्कृष्ठ भिडियो बन्न सक्छन् भन्ने प्रमाणित भएको छ।

भिडियोको निर्देशक शिशिर श्रेष्ठ र रोशन सेवकले गरेका छन् भने क्यामरामा सन्तोष ढकाल रहेका छन् । सगरमाथा डिजिटलले सार्वजनिक गरेको भिडियोको गीतको रचना कविता उपाध्याय र संगीत सन्तोष श्रेष्ठले गरेका हुन्। भिडियोले यूएईमा श्रमरत मोडेलहरुको प्रतिभालाई उकास्ने काम गरेको छ । सुगठित शरीरधारी गोरखाका बोगटीले यसभन्दा अघि करिब एक दर्जन भिडियोहरुमा अभिनय गरिसकेका छन् भने खड्काले यसअघि स्वरुपराज आचार्यको एक गीतमा मोडलिङ गरिसकेकी छिन्।

निर्देशक प्रकाश भट्ट, नायक जीवन लुइँटेल र मोडल बोगटीको सपोर्ट र प्रेरणाले गर्दा यो क्षेत्रमा रुचि बढेको मोडल खड्काले बताएकी छिन् । नायक लुइँटेलसँग अर्को प्रोजेक्टको रुपमा नेपाली चलचित्रमै काम गर्ने सहमति भएको मोडल खड्काले बताएकी छिन् ।

गीतको लिंक https://www.youtube.com/watch?v=erK76XI8pDI&feature=share&app=desktop

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

13360