यसरी सजिलै हुन सक्छ एयरपोर्टमा आतंककारी हमला

दक्षिण एसियामा आतंकवादका गतिविधि दिनप्रतिदिन बढिरहेका छन् । भाग्यवश नेपाल भने अहिलेसम्म त्यस्ता घटनाबाट जोगिन सफल भएको छ

तर, सुरक्षा अधिकारीहरु भने भारतसँगको खुला सिमानाका कारण नेपालमा पनि आतंकवाद खतरा बढ्दै गएकोमा चिन्तित छन् ।

खुला सिमाना मात्र होयन, एयरपोर्टमा पति त्यस्तै समस्या छ । कमजोर सुरक्षा प्रणालीका कारण विमानस्थलबाट अवैध धन्दाहरु फष्टाइरहेका छन् ।

अन्तर्राष्ट्रिय अपराधी चाल्स शोभराजले नेपालको एयरपोर्टबाट हात्ती पनि छिराइदिने कुरा त्यसै भनेका होइनन् । शोभराजले त्यस्तो व्यंग्य गरेको १२ वर्ष भइसकेको छ, विमानस्थलको सुरक्षामा खासै सुधार हुनसकेको छैन।

विदेशमा आतंकवादी घटना बढिरहेकै बेला नेपालको विमानस्थलमा भने लगातार लाजमर्दो घटना भइरहेका छन्।

सिम्रिक एयरका कारण गत बिहीबार विमानस्थलमा ठूलो हंगामा मच्चियो । टिकट नै नकाटी बोर्डिङ पास लिएर तीन युवक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेसम्म पुग्न सफल भएका थिए।

काभ्रेका ती युवक नक्कली बोर्डिङ पासका आधारमा सिम्रिक एयरलाइन्सको हेलिकप्टरसम्म पुगेका थिए । सिम्रिककै कर्मचारी रविन्द्र अधिकारीले उनीहरुलाई बोर्डिङ पास दिएको खबर दृष्टि साप्ताहिकले छापेको छ।





Comments

comments

Leave a Reply

13372