आँधीखोलामा ३ दिने साहसिक जलयात्रा र्याफ्टिङ् सुरु

आँधीखोलामा ३ दिने साहसिक जलयात्रा र्याफ्टिङ् सुरु
विनोद रखाली मगर / एचकेनेपाल डट कम-
भाद्र २६, स्याङ्जा। जिल्ला पर्यटन विकाश समिति स्याङ्जाकोे पहलमा गत मङ्गलवार आँधीखोलामा गरिएको साहसिक जलयात्रा र्याफ्टिङ्को सफल परिक्षण पश्चात ३ दिने र्याफ्टिङ् जलयात्रा सनञ्चालन गरिने भएको छ।

यहि भाद्र २८ गते देखि सुरु हुने साहसिक जलयात्रा र्याफ्टिङ् भाद्र ३० गते सम्म सञ्चालन हुनेछ। पुतलीवजार नगरपालिका पुतलीखेतदेखि वालिङ् नगरपालिका मालेवगरसम्म झण्डै २० किलो मिटर दूरी रहेको आधिँखोलामा र्याफ्टिङ सञ्चालन हुने जिल्ला पर्यटन विकाश समितिका उपाध्यक्ष अनन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो।

श्रेष्ठका अनुसार र्याफ्टिङ्मा सहभागि हुन टिकट वुकिङ् खुल्ला गरिएकाले इच्छुक व्यक्तिले स्याङ्जा सदरमुकामको लागि अनन्तकुमार श्रेष्ठ , रोडसाईड क्याफेका कृष्णजङ्ज के.सी. , समिर सप्लायरका मोति प्रसाद अर्याल , वालिङ्मा आधिँखोला सप्लायरका निर्मल अर्याल ,गल्याङ्मा लक्ष्मी टेलिभिजनका विनोद रखाली मगर, पोखरामा हर्क गुरुङलाई सम्पर्क गर्न सकिने जनाउनुभयो। साहसिक जलयात्रा र्याफ्टिङ् भाद्र २८ गते देखि विहान ७ वजे र दिउसो २ वजे सञ्चालन हुनेछ।

इतिहासमै पहिलो पटक आधिँखोलामा उर्लियो र्याफ्टिङ्
विनोद रखाली मगर / एचकेनेपाल डट कम-
भाद्र २४, स्याङ्जा। आधिँखोला किनारवासीले घर छेउमै र्याफ्टिङ उर्लिछ भन्ने सायद सोचेका थिएनन् होला। स्याङ्जा जिल्लाको उपनाम प्रसिद्ध आधिँखोलाको पानी, माछा र सुन्दरता विभिन्न गीत सङ्गीत, चलचित्र, साहित्यमा खुराक वन्दै आएको थियो।

अव ति सङ्गै पर्यटन विकाशमा खुराक वन्ने भएको छ र्याफ्टिङ व्यवसाय, जिल्ला पर्यटन विकाश समिती स्याङ्जाको सक्रियतामा मङ्गलवार पुतलिवजार नगरपालिका पुतलिखेतदेखि वालिङ् नगरपालिका मालेवगरसम्म झण्डै २० किलो मिटर दुरी रहेको आधिँखोलामा र्याफ्टिङ सन्चालनार्थ परिक्षण कार्यक्रम सम्पन्न भएको छ।

जिल्ला पर्यटन विकाश समितिका उपाध्यक्ष अनन्तकुमार श्रेष्ठको अगुवाईमा सुरु भएको आधिँखोला र्याफ्टिङ अध्ययन तथा सम्भावना परिक्षण र्याफ्टिङमा जिल्ला उधोग वाणिज्य संघ स्याङ्जाका प्रथम उपाध्यक्ष मोति प्रसाद पौडेल, जिल्ला विकाश समिति स्याङ्जाका सामाजिक विकाश अधिकृत थानापति न्यौपाने, रेडियो स्याङ्जाका स्टेशन म्यानेजर रमेश गोदार, लक्ष्मी टेलिभिजनका समाचार प्रमुख विनोद रखाली मगर, कारोवार दैनिकका हरि प्रसाद अर्याल लगायतको टोलीले आधिँखोलामा र्याफ्टिङको अध्ययन अवलोकन तथा सम्भावनार्थ खोजि गरेको हो।

विहान ९:३० वजे पुतलिखेतदेखि सुरु भएको र्याफ्टिङ टोलि करिव १:३० वजे वालिङ् मालेवगरमा आपुगेको थियो। स्याङ्जा जिल्लामा ग्रामिण पर्यटकीय स्थल, कृषि पर्यटकिय स्थल, एतिहासिक धार्मिक तथा सांस्कृतिक पर्यटकीय स्थलमार्फत आन्तरिक तथा वाह्य पर्यटन फस्टाउदै गएको अवस्थामा जिल्ला पर्यटन विकाश समितिले आधिखोला जलयात्रा तथा र्याफ्टिङ पर्यटन विकाशको अध्ययन तथा सम्भावना खोतल्न सुरु गरेको हो। जिल्ला पर्यटन विकाश समितिका उपाध्यक्ष अनन्तकुमार श्रेष्ठले आधिँखोलाको धेरै विशेषता हुदा हुदै पनि जलयात्रा र्याफ्टिङले आधिखोलाको सौन्दर्यता र पर्यटन आगमनलाई वृद्धि गर्न महत्वपूर्ण टेवा पुर्याउने जनाउदै आधिँखोलाको स्थलगत अध्ययन र्याफ्टिङवाटै सुरु गरिएको वताए।

श्रेष्ठले आधिँखोलामा र्याफ्टिङ सञचालन गर्नको लागि जिल्ला पर्यटन विकाश समिति सक्रियपूर्वक लाग्ने उद्ध्घोष गर्दै स्थलगत अध्ययन सफल भएको दावी गरे। यता स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष मोतिप्रसाद पौडलले स्याङ्जाली उद्योगीहरुले आधिँखोलामा र्याफ्टिङ सञ्चालन लगानी गर्न कुनै कन्जुस्याई नगर्ने जिकिर गर्दै र्याफ्टिङ सफल हुनेप्रति आफू ढुक्क रहेको वताए। जिल्ला विकाश समिति स्याङ्जाका सामाजिक विकाश अधिकृत थानापति न्यौपानेले कालिगण्डकी नदीमा र्याफ्टिङको अनुभव वटुलेको वताउदै आधिँखोलाको र्याफ्टिङले नयाँ उर्जा मिलेको जनाएकाछन्। न्यौपानेको भनाइ अनुसार स्याङ्जा जिल्लाको संस्कृति, अन्य पर्यटकीय स्थलहरुको प्रवर्द्धन र विकाशमा पनि आधिँखोला र्याफ्टिङले मलजल दिने दावी गरे।

स्याङ्जाको पुतलीवजार नगरपालिका, वाड्खोला भन्दा केही तल पुतलीखेतदेखि वालिङ् नगरपालिका मालेवगरसम्मको आधिँखोला र्याफ्टिङमा आन्तरिक तथा वाह्य पर्यटकले आधिँखोलाको सुसाउदो वहाव, किनार वरिवरीका हरियाली खेतिवालीका फाँट, मनोरम दृश्य, ठाउँ ठाउँमा पौडी खेल्न मिल्ने दह, आधिँखोलाको स्वादिष्ट माछाको स्वाद पनि चाख्न सक्नेछन््। पुतलीखेतदेखि सुरु हुने र्याफ्टिङमा स्याङ्जा वजार हुदै राङ्खोला, लाम्पाता, हेलु, वयरघारी, राङ्खोला, मिर्दी हुदै वालिङ् खेल मैदानसम्म झण्डै २ घण्टामा र्याफ्टिङमा यात्रा गर्न सकिनेछ।

र्याफ्टिङ गाइड जय आलेका अनुसार भाद्र, असोज र कात्तिक महिनामा अन्य क्षेत्रमा र्याफ्टिङ सञ्चालन नहुने हुदा सो अवधिमा आधिखोलामा र्याफ्टिङ सञ्चालन गर्दा पर्यटन आगमनमा ह्वात्तै वृद्धि हुने आलेको भनाई छ। जिल्ला पर्यटन विकाश समितिले अवको केही महिनाभित्रै र्याफ्टिङ् सञ्चालन गर्ने तयारी अगाडि वढाउने जिल्ला पर्यटन विकाश समितिका उपाध्यक्ष अनन्तकुमार श्रेष्ठले जानकारी दिए।
तस्वीरहरूः विनोद रखाली मगर





Comments

comments

1343