हङकङ आई पुगिन्… मोडल तथा आरजे कला सुब्बा

एचकेनेपाल डट कम संवाददाता –
हङकङ, मोडल तथा अारजे कला सुब्बा बिहीवार हङकङ आएकी छन्। मिस हङकङ नेपाल २०१६ सौन्दर्य प्रतियोगितामा कोरियोग्राफरको भूमिका पाएकी कलाले प्रतिस्पर्धीहरुलाई प्रशिक्षण दिन हङकङ आएकी हुन्।

करीब एक दशकअघि यहि प्रतियोगितामा कोरियोग्राफी गरेकी उनले अहिलेका १५ जना प्रतिस्पर्धीहरुलाई प्रशिक्षण दिन हङकङ आएको कलाले एचकेनेपाल डट कमलाई बताईन्।

‘मैले सन् २०००, २००१, २००५ पछि २०१६ मा कोरियोग्राफी गर्दै छु’- कलाले भनिन्।

मिस हङकङ नेपाल सोसाइटीले १६ देखि २४ वर्षसम्मका १५ जना युवतीबीच प्रतिपस्पर्धा गराउंदै छ।

मिस हङकङ नेपाल पहिलो पटक सन् १९९८ मा आयोजना भएको थियो। पछिल्लो पटक सन् २०१२ मा सम्पन्न भएको प्रतियोगिता भने यो वर्ष सेप्टेम्बर १६ तारिख आयोजना हुंदैछ।


थप फोटोहरु यहाँ क्लिक गरेर हेर्नुहोस्





Comments

comments

Leave a Reply

13467