देउवा–प्रचण्ड सम्बन्ध : मर्ने–मार्नेदेखि सत्ता सहयोगीसम्म

नेपाली राजनीतिमा तत्काल निर्णय लिन सक्ने नेताका रूपमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई चिनिन्छ । त्यस्तै निर्णय गर्न सक्ने क्षमताले अहिले दुई नेतालाई एकठाउँमा उभ्याएको छ । माओवादी जनयुद्धको सुरुवात देउवा प्रधानमन्त्री हुँदा भएको थियो, जसको नेतृत्व प्रचण्डले गरेका थिए । २१ वर्षे यो समयावधिमा देउवा–प्रचण्डबीचको सम्बन्धमा निकै उतार–चढाव आएको देखिन्छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवै आँटिला नेतामा पर्छन् । नेपाली राजनीतिमा कुनै पनि निर्णय तत्काल लिन सक्ने नेताका रूपमा दुवैलाई चिनिन्छ । पछि पर्न सक्ने प्रभावका विषयमा कुनै लेखाजोखा नगरी निर्णय लिन दुवै खप्पिस छन् । जोखिम मोलेरै भए पनि आफूलाई लागेको कुरामा ‘बोल्ड डिसिजन’ लिन सक्ने नेताका रूपमा चिन्छन्, दुवै पार्टीका नेताहरू देउवा–प्रचण्डलाई ।

प्रचण्ड आफूलाई लागेको विषयमा प्रस्ट खुलेर कुरा गर्न रुचाउँछन्, तर देउवा अलिक ‘रिजर्भ’ बस्न रुचाउने नेता हुन् । सञ्चारकर्मीहरूसँग प्रस्तुत हुँदा देउवा आफू त्यत्ति नजानेजस्तो गरी अरूका कुरा बढी सुन्न र जान्न रुचाउँछन् । तर, प्रचण्ड भने आफ्ना कुरा बढी जानकारी दिन चाहन्छन् । सुरुमा काम गर्ने, तर त्यसको नतिजा पछि नराम्रो आए त्यही वेला पछुताउने खालको शैलीमा दुवैमा समानता देखिन्छ ।

यी दुई नेताको विगत कटुता र शत्रुतापूर्ण भए पनि राजनीतिक सम्बन्ध र यिनीहरूले राख्ने र विचार भने केही हदसम्म मिल्छन् । ‘प्रचण्डमा कुरा राखेर बुझाउन खोज्दा चाँडै कन्भिन्स हुने स्वभाव छ । कहिलेकाहीँ पोजिसन फेर्ने स्वभाव छ, तर अप्ठ्यारो र रिजिड होइन,’ कांग्रेस केन्द्रीय सदस्य डा. प्रकाशशरण महत भन्छन्, ‘तर, धेरै अप्ठ्यारो नेता होइन । अरूका कुरामा चित्त बुझ्दा आफ्नो कुरा हुनैपर्छ भन्ने पनि छैन । देउवाजी पनि मिलाएर जाऊँ, मैले जे भनेँ त्यही हुनुपर्छ नभनी अडानबाट फेरिने नेता हुनुहुन्छ ।’ नयाँपत्रिका दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

13503