नेपाल सरकारले औचित्य कुरा भन्दै गुगल ब्वाइलाई एक करोड

रोशन मेवाहाङ / एचकेनेपाल डट कम-
श्रावण ४, २०७३ । नेपाल सरकारले आदित्य दाहाल ( गुगुल व्याई)को संरक्षणमा खुलेको प्रतिष्ठानलाई एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदका केहि भष्ट्रचारी नेताहरुले कोठे बैठक बस्दै प्रतिष्ठानको सवारी साधन, आवास निर्माण र साधनाका लागि भौतिक पूर्वाधार तयार गर्ने भन्दै अबोध बालक आदित्यलाई सहयोग गर्ने निर्णय गरेको हो ।

पूर्व प्रधानमन्त्री स्व.सुशील कोइरालाले आदित्यलाई निःशुल्क उपचारको लागि यस अघि पनि अमेरिका पठाएका थिए । तर उनलाई के भएको हो भन्ने अमेरिकन डाक्टरहरूले स्पष्ट पार्न सकेनन् । त्यसपछि दाहाल स्वदेशमै बसिरहेका छन् । गुगल ब्वाईले आज सम्म राष्ट्रले गौरव मान्ने के काम गरे ? केको आधारमा अवोध बालकलाई गुगल ब्वाई मान्ने ? यदि उनि संग अदभूत क्षमता नै भएको भए, बैशाक १२ गते माहभुकम्प आउँदैछ सुरक्षित रहनुहोला किन भन्न सकेन एउटा सानो सन्केत सम्म किन दिएनन् ? अफगानिस्थानमा १२ जना नेपालीले ज्यान गुमाए उनिहरुको बारेमा किन भविष्यवाणी गरेन् ? आत्मघातीले आक्रमण गर्दैछन् अफगानिस्थानमा रहेका नेपालीहरु स्वदेश फर्क भनिएन् ? सिन्धुपाल्चोकको भोटेकोशी र ताप्लेजुङको तमोर नदि थुनिएर करोडौं क्षति भयो खै त भविष्यवाणी गरेको ? यस्ता क्षणहरुमा कुनै सन्केत दिएर लाखौ नेपालीको धन–सम्पती क्षति हुनबाट जोगाएको भए आज सरकारले हैन जनता आफैले पुजेर राख्ने थिए ।

नेपाल झापाका शेषराज र ईश्वरा दाहालका कोखबाट जन्मिएका एउटा शारिरिक र मानसिक रुपमा असक्षम आदित्यको नाम गुगल ब्वाई कस्ले न्वारान गरिदिएका हुन्, । उनि संग कुनै गुनासो छैन बिचरा उनि आफै आफ्नो उमेर अनुसार अपाङ्ग भै बिकसित हुन नसकेको पिडामा संघर्ष गरिरहेका छन्, तर यिनै बालकको असक्षमतालाई अदभूत शक्ति भनेर भ्रम फैलाउने मानसिक विरामी,घटिया नेताहरुले राजनीतिक घटनाक्रमबारे छलफल गर्न भेला भन्दै ,बालुवाटारको एक कोठे बैठकमा एक करोड नेपाली रुपैयाँ सहयोग गर्ने निर्णय गरेका देशमा प्रधानमंन्त्री शर्माले नेपाली टेलिभिजनको एक कार्यक्रममा सार्वजनिक गरेका छन् ।

दाहालको नाममा स्वतन्त्र ढंगबाट उनका अनुयायीले ’आदित्य संरक्षण प्रतिष्ठान’ खोलेका छन् । यो उनका लागि राम्रो कुरा हो तर जनताको पसिनाले सरकारलाई तिरेका कर आदित्य संरक्षण प्रतिष्ठान सञ्चालनकालागि होईन । यदि कसैले हो भन्छ भनेपनि त्यति ठूलो रकम एउटा परिवारलाई दिइनु उचित हुदैन् । राज्यले आम नागरिकलाई गर्ने सहयोगको मापदण्ड तोकिन आवाश्यक छ ।

औचित्यपूर्ण कार्यले गर्दा सहयोग गर्ने निर्णय गरियो प्रधानमन्त्री केपी शर्मा
करोडौंं नेपाली नागरिकले भाग्यवादमा भन्दा कर्ममा विश्वास राख्छन् । तर, राज्यले भविष्यवाणी शक्तिलाई स्थापित बनाउन चाहेको देखिन्छ । यो रुढीवादी संस्कार हो । यसले विभेदको प्राचीन संस्कारलाई प्रचलित कानुनको झल्को दिने काम गरिएको बुझिन्छ । विज्ञानमा भन्दा पनि धामी झाँक्री र फेदङ्माप्रति आस्था जगाउन प्रेरित गरेका देखिन्छ ।

आदित्य दाहल ‘गुगल ब्वाइ’ असधारण बालक होइनन् र अदभुत क्षमता भएका बालक हुन् । त्यो हो भने उनको उपचार गर्न किन जरुरी छ ? उपचार गरेपश्चात यदि उनको ‘अदभुत शक्ति’ गुम्यो भने यसको जिम्मेवारी कसले लिन्छ ? उनको ‘अदभुत शक्ति’का लागि यो विभेदकारी सरकारले करोडौं लगानी गरेको छ । र, यो सरकारलाई भोलि कुनै पनिबेला यस्तो ‘अदभुत शक्ति’ आवश्यक पर्न सक्ला कि ? ।

प्रतिपक्ष दल नेकमा माओवादी केन्द्रका प्रमुख नेता पुष्पकमल दाहलले मंन्त्री केपी शर्मा ओलीको कार्यलयमा आदित्यलाई लगेका थिए । उनको विलक्षण शक्तिको कारण सुरक्षा तथा ध्यान गर्ने आवसका लागि एक करोड नेपाली रुपैयाँ आर्थिक सहयोग अनुरोध गरेका थिए । नेपाल सरकार पक्षले सकारात्मक विषय भन्दै पुष्पकमल दाहलको अनुरोधलाई स्वीकार गरेको प्रधान मंन्त्री कार्यलयले जनाएको छ । यस्तो रुढीवादी कार्यलाई निरुत्साहित गर्नका निम्ति राज्यले जनचेतना जगाउनुपर्ने आवाश्यक छ । नेपालीहरु कुन युगमा छौं ,र हाम्रो भविश्यका निम्ति यस्ता नजिरहरु खराब बन्न सक्लान कि भनेर आंकलन गर्न सकेन् ।

आफ्ना नागरिकलाई ‘घाँटी हेरी हाड् निल्न’ भन्दै, ‘मकै साहुको बन्धकी’ को रख्यान बनाउँन मिल्दैन । देशमा रहेका हरेक असाधारण क्षमताका बारेमा हरेक मानिसहरु वीच आ–आफ्ना भावनाहरु छन् । मेरो विचारमा सरकार तथा प्रतिपक्ष राजनितिक पहुच भएकाहरुले प्रचार प्रसार सिद्घान्त आदिलाई फैलाउने काम गरिरहेका छन् । संसारभर छरिएका अधिकांश नेपालीहरुले आफ्ना सामाजिक संन्जाल तथा नेपाली पत्र–पत्रिकातीर नकरात्मक टिप्पणीहरु, चर्चाको शिखरमा पुगिरहेको देखिन्छन् । हरेक नेपाली संग कुनै न कुनै कोणमा असाधारण क्षमता लुकेकै हुन्छ । के ती सबै अदभूत अवतार रहेका नेपालीहरुलाई राज्यले एक करोड रुपैयाँ वितरण गर्न सक्लान् ?

कसैलाई पाखा, गुगल ब्वाइलाई काख
भूइँचालो पीडितलाई १५ हजार दिने कुरामा बर्षौ संसदमा बहस हुन्छ । तर, गुगल ब्वाइलाई एक करोड उपचार खर्च दिन एक मिनेट मात्र लाग्छ, कसैले बहस गर्दैन । चित्रबहादुर केसी र कमल थापा मुखमा पानि लगाएर बसे झै बोल्दैनन् । किनभने उनीहरु जातिवादी हुन् । जातिवादीलाई साक्षी राखेर अतिवादीले निर्णय सदर गर्छन् ।

नेपाली जनताले तिरेको पसिनाको करको दुरपयोग भएको देखिन्छ । सरकारले भुकम्प पिडितहरुको सहयोगार्थको निमित्त केहि सोच्न आवाश्यक देखिन्छ । सरकार आखिर किन व्यक्तिगत फाइदाको लागि अघि सरिरहेको छ ? गुगुल व्याईलाई एक करोड प्रदान गर्नु भन्दा भुकम्प पिडितका लागी बस्ती बसाउन नेपाल सरकारले किन ध्यान दिएको छैनन् ? भूइँचालो पीडितका लागि धुर्मुस, सुन्तली फाउण्डेशनले निर्माण गरिरहेका बृहत आवासलाई सरकारले एक रुपैयाँ पनि सहयोग गरेको अहिलेसम्म जानकारीमा आएको छैन । विदेशी भुमिमा रहेर पनि प्रवासी नेपाली श्रमिकहरुले आँशु संगालेर कमाएको रुपैयाँ संकलन गरेर भूइँचालो पीडितहरुको घाउमा अलिकति भएपनि मलम लगाउने उदाहरणिय कार्य गरिरहेका छन् । सरकार किन यस्ता क्रियाकलापहरु माथि अनभिज्ञ भइरहन्छन् ।

कुर्सीको लागि पद लिप्त मानव संज्ञा पाएका नेपाल सरकारले कानमा तेल, आँखामा पट्टि र भदौरे गोरुले मुखमा मोला लगाएर गुगल ब्वाइको नामले शक्ति र सम्बन्धको फाइदा उठाइरहेका छन् । राष्ट्रमा गम्भीर रोग लागेका तर आर्थिक हैसियत नभएका कैयौं बिरामीका परिवारहरुले सहयोगको हात अगाडि बढाएर उपचार गरेका उदाहरणहरु धेरै छन् । समाजिक सञ्जालका कारण त्यो सम्भव पनि हुने गरेको देखिएको छ । अझ गुगल ब्वाइको परिवारको मिडिया ‘कनेक्सन’ मजबुद भएकाले यो तरिका अपनाएको भए जनताले फेसबुकबाटै एकाएक रुपैयाँ दिएर भए पनि उनका लागि करोड जुट्न सक्थ्यो ।

भविष्यवाणी जस्तो खुरापाते कुरामा राज्यले चासो राख्नुको मुख्य उदेश्य ?
नेपाल सरकारले देशमा रहेका बालबालिकाहरुका लागि योजनाअनुसार सामुहिक रुपमा बर्षेनी करोडौं रुपैयाँ खर्च गर्ने प्रावधान छ तर, यसका लागि बालविकाश केन्द्रहरु मुख्य रहन आवाश्यक छन् । अपाङ्गता भएका व्यक्तिहरुका लागि सहयोगार्थ वर्षेनी करोडौं रुपैयाँ खर्च हुन्छन् के ति अपाङ्गता भएकाहरुले नेपाल सरकारबाट जीवन यापनका लागि सहयोग पाइरहेका छन् ? अचानक मंन्त्री परिषदले गुगल ब्वाइले पाउने सुविधामा किन नयाँ प्रणाली भन्दै पारित गरिरहेका छन् ? के भविष्यवाणी गर्ने असाधारण क्षमता भएका बहानामा राज्यले मनपरीतन्त्र गर्न मिल्ला ?

नेपाली जनताको सरकारप्रति शंका तथा उपशंका
आदित्यको आमा अर्थ मन्त्रालयको अधिकृत भन्दा केहि तल्लो तहमा काम गर्ने तथा बुबा त्रिभूवन विमानस्थलमा काम गरिरहेका छन् । फाउण्डेशनका सचिव पनि कठोर एमाले पार्टिको रहेका स्रोतले जनाएको छ । भविष्यवाणी जस्तो खुरापाते कुरा राज्यको प्रथामिकतामा किन पर्न सफल ?

राज्यको ढुकुटीबाट करोडौं रूपैयाँ उपचारको लागि व्यावस्था गरिएकोमा सामाजिक संन्जालतिर विभेदकारी भन्दै नकरात्मक टिप्पणी हरेक नेपालीहरुले गरिरहेका छन् । नेपालमा राजनैतिक पहुँच, धार्मिक, जातीय र नातावादी कोणबाट विश्लेषण गरिएको जातिय लुटपाट हुन् । हरेक विश्लेषणको आधार प्रष्ट रुपमा देखिने विभेदका संकेतहरु हुन् भन्ने आजको नेपाली जनताले औलाउन पछि नर्पलान ।
सरकारमा रहेका राजनैतिक पार्टीसँग हिमचिम भएका आधारमा, विभेदकारी सामाजिक संरचनाले निर्धारण गरेको कथित उपल्लो जातको सन्तान भएका आधारमा, नातावाद अर्थात जिल्लावासी भएका आधारमा गरिएको निर्णयलाई राष्ट्रघाती एवं भ्रष्टाचारी गरिएको अभियोग सजिलै नेपाली जनताले अनुमान गर्न सकिन्छ ।

गुगल ब्वाईले चर्चित अादित्यको प्रतिष्ठानले पायो सरकारबाट १ करोड

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

13545