तारा एयर दुर्घटना: दोषी मौसम र पाइलट

पोखराबाट जोमसोम उड्दै गरेको तारा एयरको टुइनअटर विमान दुर्घटनाबारे छानबिन गर्न गठन गरिएको जाँच आयोगले पाँच महिनपछि प्रतिवेदन सार्वजनिक गरेको छ। गत फागुन १२ गते म्याग्दीको दाना गाविसको सोलिघोप्टेभीरमा दुर्घटनाग्रस्त उक्त विमानमा सवार चालक दलसहित २३ जनाकै मृत्यु भएको थियो।

घटनासम्बन्धी जाँच आयोगका सदस्यसचिव तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यका अनुसार जहाजको प्राविधिक कारण नभई मानवीय पक्ष (चालक दल)को मुख्य कमजोरी देखिएकोे छ। उनकाअनुसार त्यस दिन जहाज उड्नका लागि मौसम अनुकूल थिएन।

दुर्घटना भएको कल साइन ९ एन–एएचएच भाइकिङ डीएचसी ६–४०० सिरिजको जहाज पोखराबाट उडेपछि बीच बाटोमा मौसम खराब भएको अनुमान यसअघि गरिएको थियो। प्रतिवेदनमा पाइलटले बल जफतरूपमा बादलमा जहाज प्रवेश गराएको उल्लेख छ।

फाइल फोटो

विमानलाई जोमसोमतर्फ अगाडि बढाउने गरी ल्यान्ड स्लाइड भन्ने विन्दुमा पुगेको भ्रम परेको स्थितिमा जमिनको उपस्थिति जनाउने यन्त्रमा देखिएको चित्र र सचेत गराउने आवाजको संवेदनशीलाता नबुझी लेटे भन्ने विन्दुतर्फ उचाइमा चढाउँदै अझ देब्रेतर्फ मोड्दा विमानको मुख्य संरचनाको तल्लो सतह चट्टानी पहाडमा ठोकिन पुगेको प्रतिवेदनले औंल्याएको छ।

पोखराबाट जोमसम जाने क्रममा विमान उडान हुँदा भिजिविलिटी ५ हजार मिटर थियो। सोही समयमा विमानस्थलमा पनि ५ हजारभन्दा बढी भिजिविलिटी रहेको विमानस्थल कार्यालयले पोखरा विमानस्थललाई जानकारी गराएको थियो। कारोबार दैनिकमा खबर छ।

सामान्यतः भीएफआर विमानका लागि ५ हजार भिजिविलिटीमा उडान अवतरण गर्ने अनुमति दिइन्छ। अन्य ठूला जहाजको हकमा भने थोरैमा पनि ११ सय मिटर भिजिविलिटी आवश्यक हुन्छ। जुन ट्रक रुटहरू हुनुपर्ने हुन्छ।

प्रतिवेदनमा पोखरामा रहेको मौसम विभाग मातहतको निकायले जहाज उड्नका लागी दिएको भिजिविलिटी रिपोर्ट र नागरिक उडड्यन प्राधिकरण पोखराका एयर ट्राफिक (एटीसी)ले पाइलटलाई टिपाएको भिजिबिलिटीमै एक किलोमिटरको अन्तर छ।

“मौसम विभागले त्यसदिन चार किलोमिटर मात्रै भिजिबिलिटी भनेको छ, तर एटीसीले ५ किलोमिटर भिजिबिलिटी भन्दै जहाजलाई छाडिदिएको छ,”प्रतिवेदनमा उल्लेख गरिएको छ।

फाइल फोटो/ भिडियोः

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

13684