गुरुङ चलचित्र ‘युम्पो देउराली’ हङकङमा प्रदर्शन

एचकेनेपाल डट कम संवाददाता –
हङकङ, गुरुङ चलचित्र युम्पो देउराली जुलाई ३० तारिखका दिन हङकङको युन लङमा प्रदर्शन भएको छ।

कतारमा सम्पन्न आठौं नेफ्टा अवार्ड २०१६ मा उत्कृष्ट आदिवासी चलचित्र अवार्ड प्राप्त र नेपाल चलचित्र विकास बोर्ड मातृभाषी चलचित्र प्रवर्द्धन समितिद्धारा २०७२ सालको वर्षको उत्कृष्ट गुरुङ चलचित्रबाट सम्मानित चलचित्र ‘युम्पो देउराली’ हङकङमा प्रदर्शन गरिएको हो।

बेदबहादुर गुरुङ श्यामको निर्देशनमा निर्मित युम्पो देउरालीमा साजन गुरुङ, धनमाया गुरुङ, लक्ष्मी गुरुङ, बलबहादुर गुरुङलगायतले अभिनय गरेका छन्।


वरिष्ठ सँस्कृतिकर्मी, चलचित्रकर्मी स्वर्गीय लोकबहादुर गुरुङको अन्तिम कथा, गीत र सगीत रहेको युम्पो देउरालीका निर्माताहरु भने निर्देशक श्यामबाहेक सबै विदेशमा रहेका नेपालीहरु छन्।

चलचित्र प्रदर्शनका लागि युम्पो देउरालीका निर्मातामध्ये एक मिलन तमुसमेत युकेबाट हङकङ आएका छन्। तमु युकेका फोटो पत्रकार तथा एचकेनेपाल डट कमका सहयोगीसमेत हुन्।

चलचित्रका निर्माताहरुमा तमुसहित एकेन्द्र गुरुङ (युके), सिता गुरुङ, दिलिपसिंह गुरुङ (हङकङ), बेदबहादुर गुरुङ (श्याम), मुक्षेत्र गुरुङ (युके), त्रिलोक गुरुङ (मकाउ/हङकङ), प्रेमकाजी गुरुङ (अष्ट्रेलिया), दिनेश गुरुङ (अष्ट्रेलिया) र कमल गुरुङ (युके) रहेका छन्।

चलचित्र प्रदर्शनका क्रममा हङकङ आईपुगेका हाम्रा सहकर्मी मिलन तमुको हङकङ भ्रमण, आफन्त तथा साथीभाइसंग भेटघाट र चलचित्र प्रदर्शनको थप तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्। फोटो सौजन्यः विक्रम गुरुङ / ज्याप स्टुडियो





Comments

comments

Leave a Reply

13733