सय करोड पारिश्रमिक लिने सलमान एक्ला अभिनेता

बलिउडमा त्यस्ता फिल्म दर्जनौँ भइसकेका छन्, जसले सय करोड भारतीय रुपैयाँको कारोबार गरेका हुन् । तर, एक सय करोड भारतीय रुपैयाँ पारिश्रमिक लिने एक्ला अभिनेता भएका छन्– सलमान खान ।

अघिल्लो महिना रिलिज भएको फिल्म ‘सुल्तान’मा काम गरेबापत उनले एक सय ६ करोड रुपैयाँ पाएका हुन् । ‘सुल्तान’मा काम गर्न सम्झौता गर्दा सलमानले कुनै पारिश्रमिक लिएका थिएनन् । यशराज फिल्म्स र सलमानबीच नाफाको ५०–५० प्रतिशत लिने सम्झौता भएको थियो।

सुल्तानले अहिलेसम्म भारतीय बजारमा मात्र दुई सय ९८ करोडको कारोबार गरिसकेको छ। सुल्तानको कुल लगानी ९५ करोड हो, जसमा ७० करोड निर्माण र २५ करोड प्रमोसनमा खर्च भएको थियो । यसलाई कटाएर सलमानले अन्य पैसाको आधा रकम पाएका छन् । तर, उनले पाउने रकम यति मात्र होइन । अरू देशमा भएको कारोबारबाट पनि सलमानले आधा रकम पाउने खबर नयाँ पत्रिका दैनिकले छापेको छ।





Comments

comments

Leave a Reply

13849