हङकङको नेपाली महावाणिज्यदूतावास आइतवार पनि खुला

थप फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्

एचकेनेपाल डट कम संवाददाता –
हङकङ, १४ अगष्ट। अरु दिन बिदा नमिलेर कन्सुलर सेवा लिन कठिनाई परेका सेवाग्राहीहरुको लागि हङकङमा पहिलो पटक आइतवार महावाणिज्यदूतावास खुला गरिएको छ।

प्रत्येक नेपाली महिनाको अन्तिम आइतवार बिहान १० बजेदेखि मध्यान्ह १ बजेसम्म कन्सुलर सेवा विस्तार गरिने निर्णयानुसार आज आइतवार पहिलो पटक महावाणिज्यदूतावास सेवाग्राहीहरुका लागि खुला गरिएको हो।

हङकङका नेपाली महावाणिज्यदूत कमलप्रसाद भट्टराईले केही नेपाली तथा विभिन्न संघसंस्थाहरुसंग छलफल गरेपछि प्रत्येक नेपाली महिनाको अन्तिम आइतवार कन्सुलर सेवा विस्तार गर्ने निर्णय गरेको एचकेनेपाल डट कमको लाईभ भिडियो प्रसारणमा बताए।

नेपाली जनताको लागि आइतवार थप कन्सुलर सेवा विस्तार गर्न पाउंदा आफूहरुलाई खुशी लागेको बताउंदै भट्टराईले अरु बार महावाणिज्यदूतावास आउन नसक्ने नेपालीहरुलाई आइतवार आएर सेवा लिन आग्रहसमेत गरेका छन्।

महावाणिज्यदूतावासले आइतवार कार्यालय खुला गरेर नयाँ कार्यको थालनी गरेकोमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले महावाणिज्यदूतावास परिवारलाई धन्यवाद दिए।

बिदा नमिलेर अन्य दिन आउन नसक्ने सेवाग्राहीहरु आइतवार कार्यालय आएर सेवा लिएका थिए। उनीहरुले महावाणिज्यदूतावासको यस सेवाप्रति सराहना गर्दै खुशी प्रकट गरेका छन्।

नेपाली महावाणिज्यदूतावासबाट हाम्रा सहकर्मी जगतअम्बु गुरुङले प्रत्यक्ष फेसबुक भिडियो प्रसारण गरेका थिए हेर्नुहोस् भिडियो…

हङकङमा पहिलो पटक आइतवार महावाणिज्यदूतावास खुल्यो

अरु दिन बिदा नमिलेर कन्सुलर सेवा लिन कठिनाई परेका सेवाग्राहीहरुको लागि हङकङमा पहिलो पटक आइतवार महावाणिज्यदूतावास खुला गरिएको छ।

प्रत्येक नेपाली महिनाको अन्तिम आइतवार बिहान १० बजेदेखि मध्यान्ह १ बजेसम्म कन्सुलर सेवा विस्तार गरिने निर्णयानुसार आज आइतवार पहिलो पटक महावाणिज्यदूतावास सेवाग्राहीहरुका लागि खुला गरिएको हो।

सोही अवसरमा हङकङस्थित नेपाली महावाणिज्यदूतावासबाट हाम्रा सहकर्मी जगतअम्बु गुरुङले प्रत्यक्ष फेसबुक भिडियो प्रसारण गरेका थिए हेर्नुहोस् भिडियो…

Posted by HKNepal.com on Saturday, 13 August 2016

1.

2.

हङकङको नेपाली महावाणिज्यदूतावास आइतवार पनि खुल्ने

एचकेनेपाल डट कम संवाददाता –
हङकङ, १२ अगष्ट। यहाँस्थित नेपाली महावाणिज्यदूतावास प्रत्येक नेपाली महिनाको अन्तिम आइतवार खुल्ने भएको छ।

महावाणिज्यदूतावासले विहीवार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त सूचना सार्वजनिक गरेको हो।

हङकङका केही नेपाली तथा संघसंस्थासंग अौपचारिक तथा अनौपचारिक छलफलपछि महावाणिज्यदूतावासले प्रत्येक नेपाली महिनाको अन्तिम आइतवार बिहान १० बजेदेखि मध्यान्ह १ बजेसम्म कन्सुलर सेवा विस्तार गर्ने निर्णयमा पुगेको विज्ञप्तिमा जनाइएको छ।

महावाणिज्यदूतावासले भिसाबाहेक सम्पूर्ण कन्सुलर सेवा प्रदान गरिने जनाइएको छ।

त्यसै गरी, मकाउसमेत हेर्दै आएको हङकङका नेपाली महावाणिज्यदूतावासले प्रत्येक नेपाली महिनाको पहिलो र तेश्रो आइतवारका दिन मकाउस्थित गैरआवासीय नेपाली संघको कार्यालय परिसरबाट कन्सुलर सेवा प्रदान गरिने जनाएको छ।

मकाउमा यो सेवा शुरु भइसकेको छ भने हङकङमा अगष्ट १४ तारिख (श्रावण ३० गते) देखि शुरु हुने भएको छ।

Comments

comments

Leave a Reply

13901