द आउटसाइडर्स ब्याण्डको पहिलो एल्बम सार्वजनिक


द आउटसाइडर्सको पहिलो एल्बम माइलीको धरानमा विमोचन गर्दे बरिष्ठ गायक दिप श्रेष्ठ बिचमा र ब्याडका सदस्यहरु। सन्तोष काफ्ले / धरान

सन्तोष काफ्ले / एचकेनेपाल डट कम –
साउन ३०, धरान। धरानसगै पूर्वी नेपालमा चर्चित व्याण्डको रुपमा स्थापित द आउटसाइडर्स ब्याण्डले आफ्नो पहिलो एल्बम सार्वजनिक गरेको छ।

२०६२ सालमा स्थापनमा भएको भए पनि पछिल्लो ३ बर्षदेखि सक्रिय बनेको आउटसाइडर्सले आइतबार धरानमा एक कार्यक्रम गरी आफ्नो पहिलो एल्वब सार्वजनिक गरेको हो।

रक पपसंगै लोक भाका समेत सामावेश गरिएको माइली नामक एल्बमको वरिष्ठ गायक दिप श्रेष्ठले विमोचन गरेका छन् । धरानमै जन्मिएका गायक श्रेष्ठले एल्बमको विमोचन गर्देै आफ्नो जन्मभूमिमा रहेको ब्याण्डले एल्मव निकालेकोमा खुसी व्यक्त गरे । उनले फरक धारमा रहेर रक पपसगै पूर्वेली भाकासंगै आफ्नापन भएका गीतहरु समाबेश गरिएको माइली एल्बमले नेपाली गीत संगीतको क्षेत्रमा नया उचाईमा पुर्याउन मद्यत गर्ने वताए। “नेपाली गीत संगीत विदेशीको नक्कलले गर्दा पछि पर्दै गएको छ , ” उनले भने “ तर माइली एल्बममा कसैको नक्कल नगरी नेपालीपन झल्कने गीत पाएं खुसी लाग्यो। ”

देश विदेशमा समेत चर्चामा रहेको आउछु म बोलको गीतसहित माइलीमा ७ वटा गीत समाबेश गरिएको व्याण्डका भोकलिष्ट डिल्ली फोम्वोले जानकारी दिए। एल्बममा फोम्बोसगै लिड गिटारिष्ट सुमन प्रधानको समेत आवाज रहेको छ । नेपालमा चलिरहेको ट्रेन भन्दा फरक प्रकारका गीतहरु एल्बममा समावेश गरिएको र विषेश गरि पूर्वेली भाकाहरु समावेश गरिएको भोकलिष्ट फोम्बोको भनाई छ।

पछिल्लो समय देश तथा विदेशमा समेत लाइभ कन्सर्टसगै काठमाडौस्थित कृपा दिक्षामा अनपल्क गरिसकेको व्याण्डमा भोकलिष्ट फोम्बो र लिड गिटारिष्ट प्रधानसगै बेस गिटारमा मनु राई , रिदममा राजा तामाङ र ड्रममा सजेन प्रधान रहेका छन् भने ब्याण्डको व्यवस्थापक सुदिप याल्मो रहेका छन्।

एल्बममा रहेको आउछु म बोलको गीतको म्युजिक भिडियो यस अघिनै निमार्ण गरिसकेको र अन्य गीतसमेत चाडै गरिने व्याण्डका व्यवस्थापक याल्मोले जानकारी दिए।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

13919