काभ्रे बस दुर्घटनाका घाइतेहरुको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने

काभ्रेमा बस दुर्घटनामा घाइतेको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।

राष्ट्रिय ट्रमा सेन्टरमा घाइतेलाई भेट्ने क्रममा गृहमन्त्री विमलेन्द्र निधिले उपचार खर्च सरकारले व्यहोर्ने बताएका हुन् ।

‘घाइतेको नि:शुल्क उपचार हुनेछ । उपचारमा कुनै कसर बाँकी रहनेछैन । उपचार जतिसक्दो चाँडो गर्न अस्पताललाई निर्देशन दिइएको छ,’ घाइतेलाई भेटेपछि निधिले पत्रकारसंग भने ।

बस दुर्घटना भएको खबर प्राप्त भएलगत्तै प्रधानमन्त्री प्रचण्डले घाइतेको तत्काल उद्धार गर्न निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनपछि घाइतेको उद्धार गर्न तत्काल सेनाको हेलिकोप्टर घटनास्थलतर्फ खटिएको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ।

काभ्रेको कोसीपारीस्थित बिर्तादेउराली–९ खहरेखोलामा सोमबार बस दुर्घटना हुादा २७ जनाको मृत्यु भएको छ । काठमाडौंबाट बिहान ७ बजे काभ्रेको कोसीपारीस्थित मादनकुाडारीतर्फ जाादै गरेको बा.३ख १०६ नम्बरको यात्रुबाहक बस दुर्घटना हुादा २७ जनाको मृत्यु र ३६ जना गम्भीर घाइते भएका छन् । बस भीरबाट करिब ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।





Comments

comments

Leave a Reply

13925