नेपाली चेली संयुक्त राष्ट्र संघ युवा सम्मेलनको अध्यक्षमा नियुक्त

विजय थापा/ एचकेनेपाल डट कम –
वाशिंगटन डिसी। नेपाल पाटन घर भएकी र हाल अमेरिकाको न्युयोर्कमा बस्दै आएकी युवा नेपाली चेली जोलि अमात्यलाई सयुक्त राष्ट्र संघको यूवा सम्मेलनको लागि युवा अध्यक्ष पदमा नियुक्त गरिएको छ।

सयुक्त राष्ट्र संघको इतिहासमै नेपालकी छोरी जोली अमात्य उक्त पदमा नियुक्त हुने सबभन्दा कनिष्ठ तथा पहिलो नेपाली हुन्। पिता जगदिशमान अमात्य तथा माता कृष्ण अमात्यकी जेष्ठ सुपुत्री जोली यो पदमा पुगेर नेपाल र नेपालीको शिर उच्च बनाउन सफल भएकी छिन्।

जोली भन्छिन् आफूले कहिले पनि पछाडी फर्केर हेर्दिन। उनले भनिन् नेपाल र नेपालीको नाम राख्न आफूले कुनै कसर नछोड्ने बताईन्।

जोलीले भनिन् यो युवासभा संयुक्त राष्ट्र संघको सबैभन्दा ठूलो तथा लामो चलिरहेको युवा सम्मेलन हो। यो एक अद्वितीय मंच हुनुको साथै संवादलाई प्रोत्साहन गर्छ।

यसले असाधारण युवा ,संयुक्त राष्ट्र उच्च अधिकारीहरु ,कर्मचारी , निजी क्षेत्र तथा नागरिक समाजबीच साझेदारीलाई उत्पादन गराउदछ उनले भनिन्।

उनी यो पदमा नियुक्त भएपछि ९७ राष्ट्रका १ हजार भन्दा बढी सहभागीलाई आफूले नेतृत्व गर्न पाएकोमा हर्षको सिमा नै नरहेको बताईन्।

आफूले संचालन गरेको सम्मेलनमा केवल ४ जना मात्रले नेपालको प्रतिनिधित्व गरेको बताईन्। यो संख्या बढ्न पनि सक्थ्यो भन्दै आगामी कार्यक्रममा नेपालको प्रतिनिधित्व बढ्नु पर्ने आफ्नो मान्यता रहेको बताइन्।

उनले गत अगस्त १० देखि १२ सम्म संयुक्त राष्ट्र संघको प्रधान कार्यालय न्युयोर्कमा युवा सम्मेलनमा यूवा सम्मेलनको युवा अध्यक्षता गरेकी थिइन् भने जसको मुख्य उद्देश्य दिगो विकास लागि संयुक्त राष्ट्रको २०३० कार्यसूचीको कार्यान्वयनमा युवा नेता र युवा व्यवसायीलाई सशक्तिकरण गर्नु रहेको छ।

सन् २०१३ देखि नै नेपालको प्रतिनिधित्व गर्ने गरेको बताउदै तर छोटो समयमा बढुवा पाएको बताईन्। उनले भनिन सन् २०१५ मा आफू सह-अध्यक्ष भै समेत गरेको तर मेहनत गरेको कारण यस पटक उक्त पदमा पुगेको बताईन।

गत सात बर्षदेखि सयुक्त राष्ट्र संघ अन्तर्गत युएन महिला ,वर्ल्ड बैंक ,हेबी टेट फर हुमानिटी ,एक्सन एड नेपाललगायत काम गरेको उनीसंग अनुभव छ।

उनले कुराकानी क्रमममा भनिन आफू नेपाली भएको नाताले नेपालका युवाहरुमा अद्भूत सम्भावना रहेको र सहि निर्देशन ,परामर्श तथा अवसर आवश्यकता रहेको बताईन्।

उन्ले युएस नेसनल कमिटी फर वुमेनको कार्यकारी अर्थ समिति तथा व्हाइट हाउसको एएपी आइ युथ फोरम तथा एसियन अमेरिकन प्यासिफिक आई ल्यानडर्समा काम गर्ने मौका पाएको भनिन्।

उनलाई ग्लोबल कनेक्सन फर वुमेन फाउन्डेसन भन्ने संस्थाले गत बर्ष २०१५ मा योङ्ग ग्लोबल लिडर एचिभमेन्ट पदकले सम्मान गरेको थियो।

उनी गैरमुनाफा सामाजिक संस्था कमिटी अफ द स्टाटस अफ वुमेनको युवा व्यवसायिक हुन् भने उनले कमिटी अफ द स्टाटस अफ वुमेनको नेपालको प्रतिनिधित्व समेत गरेकी छिन्। युएन प्रधान कार्यालयमा सन् २०१२ देखि २०१६ सम्म निरन्तर रुपमा प्रतिनिधित्व गर्न पाएकोमा नेपाली भएको नाताले गौरव लागेको बताईन्। उनलाई सयुक्त राष्ट्र संघमा पटक पटक वक्ताको रुपमा निमन्त्रणा आई रहने उनले बताइन्।

नेपालमा जन्मिएकी जोली काठमाडौँ सेन्ट मेरिज उच्च माध्यमिकमा पढेकी हुन्। सन् २००७ मा महिलाको आवाज भन्ने उत्कृष्ट १० महिलाको पुरस्कार प्राप्त गर्ने भाग्यशाली युवा हुन् जुन समयमा उनी बिद्यालयमा अध्ययनरत थिईन्।

उनले अमेरिकाको आएवा बिद्यालयमा बित्त तथा लेखा संकाय पश्च्यात बोस्टनस्थित हार्वर्डमा विश्व बिद्यालयमा पूर्वस्नातक (अन्डर ग्रजुएट )तहमा अध्ययन गरेकी छिन्।





Comments

comments

Leave a Reply

13935