पूर्वमुमा बडामहारानीसंग माअोवादी सरकारले लियो प्रतिसोध, जन्मदिनमै बिजुली लाईन काटियो

नेपाल विद्युत प्राधिकरणले ऊर्जामन्त्री जनार्दन शर्माको निर्देशनमा पूर्वमुमा बडामहारानी रत्नराज्यलक्ष्मी देवी शाहको निवास महेन्द्र मञ्जिलको विद्युत लाइन बक्र्यौता नतिरेको भन्दै लाइन काटेको छ ।

रत्नको ८९ औं जन्मदिनको भोलिपल्ट सरकारले लाइन काटेर उनलाई अन्धकार उपहार दिएको छ । शनिबार उनको जन्मदिन थियो ।

लामो समयदेखि विद्युत महसुस नतिरिएको र ३७ लाख ३१ हजार रुपैयाँ पुगेपछि नियमित प्रक्रियाअन्तर्गत लाइन काटिएको प्राधिकरणका कार्यकारी निर्देशन मुकेशराज काफ्लेले बताउ ।

बिजुलीको लाइन काटिए पनि महेन्द्र मञ्जिलको स्वामित्व र यसको व्यवस्थापनको दायित्व भने सरकारकै नाममा छ । गणतन्त्र घोषणापछि तत्कालीन राजा ज्ञानेन्द्र शाह र उनको परिवारले नारायणहिटी दरबार छोडे पनि पूर्वमुमा बडामहारानीलाई भने उनकै इच्छाबमोजिम सरकारले आजीवन त्यहाँ बस्न दिने निर्णय गरेको थियो । पूर्वमुमा बडामहारानी बस्ने महेन्द्र मञ्जिलको सम्पूर्ण व्यवस्थापन सरकारी निकायबाट हुँदै आएको छ ।

पूर्वराजा ज्ञानेन्द्रका सहयोगी फडिराज पाठकले राज्यको निर्णयबमोजिम बस्न उपलब्ध गराइएको महेन्द्र मञ्जिलमा बिजुलीको लाइन काटेर सरकारले न्यूनतम मानवीयता पनि नदेखाएको बताए । उनले भने, ‘यो भवन बडामहारानी रत्नको स्वामित्वमा छैन । सरकारले उहाँलाई बस्न उपलब्ध गराएको हो । धारा, बिजुली तथा यसको व्यवस्थापनको सम्पूर्ण जिम्मा सरकारले लिदै आएको छ।’

पाठकले भने, ‘८९ वर्षीय वृद्धा बस्ने स्थानमा बिजुली काटेर सरकारले के क्रान्ति गर्न खोजेक हो ? उहाँको जीवन र स्वास्थ्यमाथि पनि यो खेलवाड हो ।’ महेन्द्र मञ्जिलसँग मुमा बडामहारानी रत्नको विशेष भावानात्मक सम्बन्ध छ । बिरामी अवस्थामा पनि परिवार तथा आफन्तले रेखदेखका लागि बाहिर लैजान खोज्दासमेत उनले महेन्द्र मञ्जिल छोड्न मानेकी छैनन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

13996