टेनिशा राना बनिन् मिस यूके नेपाल २०१६

एचकेनेपाल डट कम –
लण्डन । टेनिशा राना पांचौं मिस यूके नेपाल बनेकी छिन् । आइतबार अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न पाँचौं मिस यूके नेपालको प्रतियोगिताबाट टेनिशा राना बिजेता बनेकी हुन्।

त्यस्तै, प्रशंसा लिम्बु फस्ट रनर अप र बिविया श्रेष्ठ सेकेण्ड रनर अप भईन् । ८ जना सुन्दरीले भाग लिएको उक्त प्रतियागितामा बिविया श्रेष्ठ मिस पब्लिक च्वाईस, टेनिसा राना व्यूटी अफ दि पर्पोज र मिस ट्यालेन्ट, प्रशंसा लिम्बु मिस पर्सनालिटी र मिस क्याट वक नामक सब टाइटल जित्न सफल भईन्।

बिजेता रानालाई मिस यूके नेपाल आयोजक संस्था आईडियाज एण्ड इभेन्टसकी निर्देशक शान्ति गुरुङ, मिस यूके नेपाल २०१६ की चिफ कोरियोग्राफर, ट्रेनर एंव अभिनेत्री प्रिंयका कार्की, प्रमुख सल्लाहकार सूर्य गुरुङ, सल्लाहकार नन्दकुमारी गुरुङ, कुल आचार्य र डाईरेक्टर अफ साउथ एशियन केशरले संयुक्त रुपमा चेक, प्रमाणपत्र र पूलको गुच्छा लगाई दिए भने मिस यूके नेपाल २०१४ की बिजेता निया देवानले क्राउन लगाई दिएकी थिईन्।

त्यस्तै, फस्ट रनर अप बन्न सफल प्रसंशा लिम्बुलाई गोर्खा ज्वलरीका सुजन बिक, खुशी बिक, गोर्खा ट्राभल्सका दिलरास गुरुङले सयुक्त रुपमा चेक, प्रमाणपत्र र फूलको गुच्छा लगाई दिएका थिए भने मिस यूके नेपाल २०१४ फस्ट रनर अफ सूमी श्रेष्ठले क्राउन लगाई दिएकी थिईन् ।

त्यसैगरी सेकेण्ड रनर अप बिविया श्रेष्ठलाई तमुधिं यूकेका अध्यक्ष सुर्जे (रामचन्द्र) गुरुङ, तमुधिं आमा समूहकी अध्यक्ष पवित्र गुरुङ, मिसन हेल्प टु नेपालकी सुशिला पहारी र एनआरएनए यूकेकी उपाध्यक्ष शान्ति थापा कुंवरले संयुक्त रुपमा चेक, प्रमाणपत्र र फूलको गुच्छा लगाई दिए भने मिस यूके नेपाल २०१४ की सेकेण्ड रनर अफ आर्य शर्माले क्राउन लगाई दिएकी थिईन्।

कार्यक्रममा मिडियाबाट नरेश खपाङ्गी मगर, कला तथा संस्कृतिबाट एकेन्द्र गुरुङ, व्यापारिक क्षेत्रबाट कमल भण्डारी, समाजिक क्षेत्रबाट प्रसुना कंडेल, मोडलिङ्ग क्षेत्रबाट मिस यूके नेपाल २०११ की बिजेता गौमाया गुरुङ, शिक्षा क्षेत्रबाट डा. प्रिया बज्र पौडेल र खेलकुद क्षेत्रबाट राष्ट्र राई रहेको सातजनाको निर्णायक मण्डलले प्रतियोगीहरुलाई विभिन्न प्रश्नहरु राखेका थिए।

सो साँझमा नेपालबाट आएका गायक धमेन्द्र सेवान, गायिका श्रेया सोताङ्ग, नायिका रिश्मा गुरुङ र स्थानीय नेपाली कलाकारहरु जीवन, काजल, सागर, अनिता र आरके स्क्वायरका केवल र राजले आ–आफ्नो कला प्रस्तुत गरेका थिए।

नेपालकी मिस टिन–२००५ एंव नायिका प्रियंका कार्कीले उनीहरुलाई गत ८ अगष्ट देखि बिशेष प्रशिक्षण गराएकी थिईन्। प्रतियोगितामा प्रथम हुनेलाई ८०० पाउण्ड, क्राउन र चितवनस्थित वाइल्स होरिजन होटलले २ रात निःशुल्क बास, दोस्रो हुनेलाई ५०० पाउण्ड, क्राउन र होटल वाईल्ड होरिजनको तर्फबाट १ रात बास र तेस्रो हुने प्रतियोगीलाई ३०० पाउण्ड नगद, क्राउन र सोही चितवनको होटलको १ रात बासको व्यवस्था गरिएको छ भने साउथ ह्यारोस्थित युटिएल चौतारी रेष्टुरेण्टले प्रथम, दोस्रो र तेस्रो हुने प्रतियोगीलाई २ जनाको लागि डिनरको प्रायोजन गरेको थियो।

आयोजक एंव संस्थापक शान्ति गुरुङ, एनआरएनए यूकेका अध्यक्ष मुछेत्र गुरुङ, एनआरएनए युरोपका संयोजक कुल आचार्य, कार्यबहाक राजदूत आरन, कोरियाग्राफर प्रियंका कार्की, मिस यूके नेपाल २०१४ की बिजेता निया देवान लगायतले बोलेका थिए।

स्मरण रहोस्, सन् २०१० मा नबिना गुरुङ, सन् २०११ मा गौमाया गुरुङ, सन् २०१२ मा दुर्गा गुरुङले मिस यूके नेपालको ताज पहिरिएकी थिईन् भने सन् २०१४ मा नेहा देवानले जितेकी थिईन् । तर, २०१३ र २०१५ मा भने कम सहभागिताका कारण कार्यक्रम आयोजना गरिएको थिएन।

बेलायतमा रहेका नेपालीहरुको बाक्लो उपस्थिति रहेको सो प्रतियोगितामा अलिसा गौचन, मेगना गुरुङ, टेनिशा राना, कल्पना निउरी, सुनिता भण्डारी र आरती गुरुङले भाग लिएकी थिईन् ।

मिस यूके नेपाल २०११ की सेकेण्ड रनर अफ निलम गुरुङको संयोजनमा सम्पन्न भएको उक्त कार्यक्रम सरला थापाले संचालन गरेकी थिईन् भने अत्याधुनिक साउण्ड सिस्टम र डेकोरेशन सपन इन्टरटेन्टमेनका निर्देशक सपन राईले व्यवस्थापन गरेका थिए।

बेलायतबाट पूर्ण गुरुङ र सविन्द्र कुमार गुरुङको सहगोगमा…

फाटोः मिलन तमु / एचकेनेपाल डट कम, हेर्नुहोस् पूरा फोटोहरु





Comments

comments

Leave a Reply

13999