ओलीले खोले नयाँ रहस्य !

नेकपा एमाले नेतृत्वको लोकप्रिय सरकार कसरी ढल्यो र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कसरी बाह्य शक्तिको षड्यन्त्रका गोटी बन्न पुगे भन्ने कुराको पर्दाफास पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले गरेका छन् ।

उनले आइतबार एमाले स्थायी कमिटि बैठकमा भने– सरकार निर्माणको पृष्ठभूमिदेखि नै नेकपा एमालेको नेतृत्वमा नयाँ सरकार बन्न नदिन देशभित्र र बाहिरबाट अनेक षड्यन्त्रहरु भएका थिए ।

ती षड्यन्त्रहरुलाई चिर्दै हाम्रो नेतृत्वमा सरकार बनाउन सफल भयौं । नौ महिनाको अवधिभित्र नेपाली जनताका सकारात्मक आशावादीता सिर्जना गर्न हाम्रो सरकार सफल रह्यो ।

हामीले नेपाल राष्ट्र र नेपाली जनताको हितमा दूरगामी महत्वका फैसला गर्यौं । नीति, कार्यक्रम र बजेटमार्फत राष्ट्रको दीघृकालिन गन्तव्यको तस्बिर जनसमक्ष प्रस्तुत गर्यौं । राष्ट्रिय स्वाभिमान, मुलकको आतमनिर्णय, स्वतन्त्रता र राष्ट्रिय अठोटलाई बलियो बनायौं ।

अन्तर्राष्ट्रिय सम्बन्धलाई नयाँ चिराबाट माथि उठाउँदै नेपाल राष्ट्रलाई विश्वमा चौतर्फी सम्बनध कायम गर्न सक्ने हैसियतमा पुर्याउने काम गर्यौं ।

समग्रमा सरकारले नेपाल राष्ट्र, नेपाली जनता र एमालेको इज्जत र प्रतिष्ठालाई युगौसम्म सम्झनलायक हुने ढंगले माथि उठाएको छ । यसमा सिंगो पार्टी गर्वबोध गर्दछ । दृष्टि साप्ताहिकले खबर छापेको छ।





Comments

comments

Leave a Reply

14007