यि गरिबीलाई पत्नी हत्याको आरोपमा फसाउंदैछ प्रशासन (भिडियोसहित)

यि गरिबीलाई पत्नी हत्याको आरोपमा फसाउंदैछ प्रशासन (भिडियोसहित)

श्रीमोय कर
श्रीमतीको शव काँधमा बोकेर हिँडिरहेको आदिवासी मानिस र ऊसँगसँगै खाली खुट्टा हिँडिरहेकी उसकी नाबालिग छोरी । ओहो ! कस्तो पटक–पटक आँखामा आइरहने दृश्य ? यसले कालाहान्डीका ती दुःखद स्मृति फेरि एकपटक सतहमा ल्याइदिएको छ, जुन उडिसाको दरिद्रता र सामूहिक लापरवाहीको प्रतीक बनेको थियो । यस्तो लाग्छ, चक्र पूरै घुमेको छ । र, यसपटक दाना माझीले ती सबै कमजोरी देखाइदिएका छन्, केवल प्रशासनको मात्र होइन, समग्र समाजकै ।

अस्पतालमा क्षयरोगले मरेकी श्रीमतीलाई काँधमा बोकेर पैदलै १० किलोमिटर यात्रा तय गरेका दाना माझीले अल्पस्मृति भएको राष्ट्रको अन्तस्करणलाई हल्लाइदिएका छन् । नयाँपत्रिकामा खबर छ।

हेर्नुहोस् भिडियो…
भिडियो हेर्न तलको फोटोमा क्लिक गर्नुहोस्

शोकमा डुबेका माझी र उनकी निर्दोष १२ वर्षीया छोरीको आघात दिने तस्बिरहरूले मानिसहरूको भयानक उदासीनता र भावशून्यताको उदाहरण मात्र दिएको छैन, बाबुछोरीले गरेको हृदयविदारक यात्रा धेरैले देखे, तर कोही पनि उनीहरूलाई सहयोग गर्न अगाडि बढेन । शारीरिक र भावनात्मक रूपमा थाकेका बाबुछोरी, आराम गर्न ठाउँठाउँमा केही छिन रोकिन्थे, तर त्यसले तामासा हेर्नेहरूको हृदय पगाल्न सकेन । मानिसमा देखिएको असंवेदनशीलता नै हो, जसले सबैलाई लज्जिल बनाउनुपर्छ ।

अन्ततः स्थानीय टिभी च्यानलका अजित सिंह नामका एक रिपोर्टर आए उनीहरूको उद्धारमा । उनले जिल्ला कलेक्टरलाई तथा स्वास्थ्य अधिकारीलाई फोन गरे । तर, त्यसवेला पनि वरिवरि भएकाहरू ती सबै चरम अमानवीयतासहित तामासा हेरिरहे । दुःखको कुरा, सिंहमाथि अहिले माझीको पीडालाई उपयोग गरेको आरोप लागेको छ । पत्रकारका रूपमा उनको मूल्यमाथि प्रश्न उठाइँदै छ । मानिसहरू ती असहाय बाबुछोरीका लागि उनले एम्बुलेन्स खोजिदिन गरेको प्रयत्नलाई ओझेल पार्न खोज्दै छन् । कति लाजमर्दो कुरा ! हामी कति निर्दयी भएछौँ ?

दयनीय प्रशासनिक प्रणालीबारे जति भने पनि कम हुन्छ । कालाहान्डी जिल्लाको सदरमुकाममा अवस्थित अस्पतालमा भएको यो घटनाको उनीहरू जिम्मा लिन तयार छैनन् । पहिलो छानबिनका क्रममा, अपराधीजसरी श्रीमतीको शव लिएर माझी भागेको भनेर स्थानीय प्रशासनले आफैँलाई सफाइ दिइसकेको छ ।

तसर्थ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दबाब बढ्यो भने मात्र नवीन पटनायक (उडिसाका मुख्यमन्त्री) को प्रशासनले आफ्ना असफलता स्वीकार गर्नेछ र दोस्रो छानबिन अघि बढाउनेछ । तर, विडम्बना, आफ्नो छाला जोगाउन जिल्ला प्रशासनले श्रीमतीको काजकिरियामा व्यस्त माझीलाई समातेर क्षयरोगले मरेकी श्रीमतीको हत्याआरोपमा छानबिन गरेको छ ।

यो घटनाले उक्त राज्यको स्वास्थ्य सेवा प्रणालीको दुरुह अवस्था पनि सामुन्ने ल्याइदिएको छ । माझी केवल अर्का पीडित मात्र थिए । सरकारी स्वास्थ संस्थाका डाक्टर र सहयोगी कर्मचारीको असंवेदशीलता बुझिएकै विषय हो किनकि गरिब तथा पददलितहरूको पीडाले उनीहरूलाई कहिल्यै प्रभाव पार्दैन, केवल पैसाले फरक पार्छ ।

माझी उडिसालाई सताउने अस्वस्थताको प्रस्ट उदाहरण हुन सक्छन् । दुई दशकअघि भोकमरीले ग्रस्त फानुस पुञ्जी नामका एक व्यक्तिले आफ्नी भाइबुहारीलाई केवल ४० रुपैयाँमा बेचिदिएका थिए । धानको भण्डार मानिने उडिसाको यो गाउँ फेरि एकपटक समाचार शीर्षकमा आएको छ ।

भोकमरीले मृत्यु तीव्र भएपछि तत्कालीन प्रधानमन्त्री नरसिंह रावले एउटा विशेष अभियान चलाएका थिए, भोकमरीविरुद्ध । तर, यस्तो देखिन्छ, उक्त क्षेत्रलाई पुनर्जीवित गर्न त्यहाँ करोडौँ रुपैयाँ हुनुसिवाय केही परिवर्तन भएको छ । १६ वर्षदेखि सत्तामा रहेका नवीन पटनायकले पनि कैयौँ कार्यक्रम लगेका छन् तर ती सबै असफल भए ।

पूर्णतः अयोग्य कर्मचारीतन्त्र र असंवेदनशील प्रशासनका कारण अधिकांश लोककल्याणकारी कार्यक्रम केवल कागजमा मात्र अस्तित्वमा छन् । केही समयअघि कुपोषणले ग्रस्त १९ बालबालिकाको निधनले प्रशासनको अक्षमता बाहिर ल्याएको थियो । आद्योगिकीकरण तथा सहरीकरणबाट समृद्धि हासिल गर्ने योजना तयार गरेर मात्र हुन्न, जबसम्म पटनायक शिखरबाट बाहिर आएर आफ्नो प्रशासन ठीक गर्दैनन् । कालाहान्डी पछाडि परिरह्यो र दाना माझीहरू अन्तर्राष्ट्रिय समाचार शीर्षक बनिरहँदासम्म अर्बौं रुपैयाँका लगानीको कुनै अर्थ हुन्न ।
(श्रीमोय न्यू इन्डियन एक्सप्रेस, उडिसाका आवासीय सम्पादक हुन्)
न्यू इन्डियन एक्सप्रेसबाट

दुनियाँ कति निष्ठूरी बनि सकेछ…
पत्नीको शव काँधमा बोकेर १२ किलोमिटरसम्म पैदल हिडिरहंदा दुनियाँले रमितामात्र हेरिरहे (भिडियोसहित)

अस्पतालमा क्यान्सरबाट मृत्यु भएकी पत्नीलाई गाउं लाने बाटो खर्च नभएर यि गरिबले यसरी काँधमा पत्नीको शव बोकेर १२ किलोमिटर पैदल हिडे।

न अस्पतालले एम्बुलेन्स दिएर सहयोग गर्यो न सरकारले। विवश यि गरीब आदिवासी दाना मांझीले पत्नीलाई काँधमा बोकेर हिड्दा साथमै रहेकी १२ वर्षीया छोरी चौला भक्कानो छोडेर रोई रहेकी थिइन्। पछि अरु मान्छे र मिडियाको दबाबपछि उनलाई एम्बुलेन्स उपलव्ध गराइएको थियो। उनको घर पुग्न अस्पतालबाट ६० किलोमिटर दूरीमा रहेको जनाइएको छ।

यो दुखद घटना भारतको ओडिशामा भएको हो। भिडियो सौजन्यः OTV
भिडियो हेर्न तलको फोटोमा क्लिक गर्नुहोस्





Comments

comments

Leave a Reply

14049