स्याङजा समितिमा दुई लाख हिनामिना


स्याङजा समितिमा दुई लाख हिनामिना
स्याङजाली कान्छासहित निष्कासित

एनजेएएचके –
२१ अगष्ट । स्याङजा जनसेवा समिति हङकङले आर्थिक हिनामिना गरेको ठहर गर्दै निवर्तमान अध्यक्ष कोमल थापा (गुरुङ) ‘स्याङजाली कान्छा’, सचिव भोजेन्द्र गुरुङ र कोषाध्यक्ष चौबहादुर गुरुङलाई साधारण सदस्यसमेत नरहने गरि निष्कासन गरेको छ ।

समितिले नमोः बुद्ध क्लवमा पत्रकार सम्मेलनको आयोजना गरि तीन व्यक्तिको मिलोमतोमा हङकङ डलर १ लाख ८१ हजार ६ सय हिनामिना भएको जानकारी गराएको छ । सम्मेलनमा वितरित विज्ञप्ति अनुसार १५ दिन भित्र रकम नबुझाए कानुनी कार्वाही अगाडि बढाइनेसमेत उल्लेख गरिएको छ ।

वर्तमान अध्यक्ष ईश्वर गुरुङ, सचिव रविन्द्र थापा मगर र कोषाध्यक्ष राजकुमार थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको १५ महिनामा पनि पुरानो कार्यसमितिबाट बुझबुझारथ नभएको र सोको लागि पटक–पटक मौखिक तथा लिखित ताकेता गर्दा सम्बन्धित व्यक्तिहरुबाट कार्यान्वयन नभएको बताइएको छ ।

विज्ञप्तिसंग नत्थी गरिएको पछिल्लो अधिवेशनमा प्रस्तुत आर्थिक प्रतिवेदन अनुसार १ लाख डलर पोखरा, नेपालस्थित सयपत्री सेभिङ एण्ड क्रेडिट को–अपेरेटिभ लिमिटेडमा वार्षिक १२ प्रतिशत व्याज दरमा जम्मा गरिएको उल्लेख गरिएको छ । विज्ञप्तिमा ५ सयको दरले १ सय २६ जनाको आजीवन सदस्य शुल्क ६३ हजार र अन्य रकम १८ हजार ६ सय बुझाउनु पर्ने देखाइएको छ ।

७ सदस्यीय समिति गठन गरि समन्वय गर्दा पनि बुझबुझारथ हुन नसकेको, सदस्यहरुको बृहत् भेलामा निवर्तमान कोषाध्यक्ष चौबहादुर गुरुङले २५ दिन भित्रमा रकम हस्तान्तरण गर्ने प्रतिबद्धता जनाए पनि कार्यान्वयन नभएको र निष्कासन गर्नको लागि अन्तत्र्रिmयाको आयोजना गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सयपत्री को–अपेरेटिभमा निवर्तमान अध्यक्ष, सचिव र कोषाध्यक्षको नाममा खाता खोलेको भनिए पनि नभेटिएको पत्रकार सम्मेलनमा उपस्थित समन्वय समितिका सदस्य टम गुरुङले बताएका थिए । समितिका अर्का सदस्य जगदीश आलेका अनुसार कैयौं पटक प्रयास गर्दा पनि बुझबुझारथ हुन नसकेको हो ।

समाजले पत्रकार सम्मेलन गर्ने सूचना सार्वजनिक गरेपछि निवर्तमान अध्यक्ष कोमल थापा (गुरुङ)ले फेसबुकमार्पmत तीनजनाको संयुक्त नाममा खोलिएको खाताको आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै उक्त रकमको अक्षय कोष खडा गरिएको र हालको कार्यसमितिले अन्य प्रयोजनमा खर्च गर्न वा हङकङ फिर्ता ल्याउन योजना नबनाए बेस हुने उल्लेख गरेका छन् ।

थापा (गुरुङ)ले सार्वजनिक गरेको आर्थिक विवरणले पनि आर्थिक हिनामिना प्रमाणित भएको देखिन्छ । अधिवेशनमा पेश गरिएको प्रतिवेदन र उनको स्टाटसमा सयपत्री सेभिङ एण्ड क्रेडिट को–अपेरेटिभ लिमिटेडमा खाता खोलिएको उल्लेख गरिए पनि आर्थिक विवरणमा सयत्री सेभिङ एण्ड को–अपेरेटिभ प्राइभेट लिमिटेड रहेको छ ।

नेपालको सहकारी तथा गरिवी निवारण मन्त्रालय अन्तर्गत सहकारी विभागमा दर्ता रहने को–अपेरेटिभ प्राइभेट लिमिटेड हुदैनन् । नेपालमा दर्ता रहेका को–अपेरेटिभ (सहकारी) हरुको लिस्टमा सयत्री सेभिङ एण्ड को–अपेरेटिभ प्राइभेट लिमिटेड रहेको छैन । तसर्थ, कोमल थापा (गुरुङ)ले सार्वजनिक गरेको आर्थिक प्रतिवेदन नक्कली देखिन्छ ।

अधिवेशनमा पेश गरिएको आर्थिक प्रतिवेदन र फेसबुक स्टाटसमा कोमल गुरुङ रहेको भए पनि अक्षयकोषको लागि रकम जम्मा गर्न खोलिएको भनिएको खातामा कोमल थापा रहेको छ । निवर्तमान कोमल थापा (गुरुङ)संग सम्पर्क हुन सकेन ।

निवर्तमान कोषाध्यक्ष चौबहादुर गुरुङले नेपालमा राख्ने भनेर संस्थाको खाताबाट हङकङ डलर १ लाख झिकेर अध्यक्ष कोमल थापालाई दिएको बताएका छन् । उनले भने, ‘नेपालमा राख्ने भनेर संस्थाको पैसा तत्कालिन अध्यक्षज्यूले लानु भएको हो, नयाँ कार्यसमिति आइसकेको हुनाले उक्त रकम बैंकमा छ भने नामसारी गरिदिनु प¥यो होइन भने फिर्ता दिनु प¥यो ।’

निवर्तमान सचिव भोजेन्द्र गुरुङले नेपालमा संयुक्त खाता खोल्ने भनेर नागरिकताको प्रतिलिपि बुझाएको बताउँदै भने, ‘कोषाध्यक्ष र म गइएन, अध्यक्षले खाता खोलेको भन्नु भएको थियो । खाताको रकम फिर्ता दिनै पर्छ । आजीवन सदस्यता चाहिँ कति वितरण भएको हो, त्यो छानबिन गर्नु पर्छ ।’

–एनजेएएचके ।

पत्रकार सम्मेलनका झलकहरु । तस्बिरः एनजेएएचके ।





Comments

comments

Leave a Reply

14055