हङकङमा फेरि ३ नेपालीबीच छुरा हानाहान, एक गम्भीर घाइते (भिडियोसहित)

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २६ अगष्ट। हङकङको जोर्डनमा फेरि ३ नेपालीहरु एक आपसमा छुरा हानाहान गरी लडेका छन्।

हङकङको एप्पल न्युजका अनुसार जोर्डनस्थित वुसुङ्ग स्ट्रीटमा शुक्रवार बिहान तीन नेपाली आपसमा भिडेका हुन्।

१६, २१ र २२ वर्षीय नेपालीबीच छुरा हानाहान गरेको देखेपछि बटुवाले प्रहरीलाई खबर गरेका थिए। घाइतेको अस्पतालमा उपचार भइरहेको छ। समाचारका अनुसार हात, टाउको र घाँटीमा छुराको चोट लागेको छ। फोटो / भिडियो सौजन्यः हङकङ एप्पल नेस्टमिडिया

हेर्नुहोस् भिडियोः भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

14057