श्रीलंकामा नेपालीलाई मृत्युदण्ड दिने तयारी, सरकारलाई थाहै छैन…

लागूपदार्थ कारोबार अभियोगमा वर्षैंदेखि श्रीलंकामा जेल सजाय भोगिरहेका दुई नेपालीको अवस्थाबारे सरकार अनभिज्ञ देखिएको छ।

पाटन ललितपुरका चेतबहादुर थापा र धादिङ सत्यदेवी गाविसका सुकबहादुर तमाङ श्रीलंकामा अहिले जेल जीवन व्यतित गरिरहका छन्।

श्रीलंकाली लागूऔषध व्यरोले ७९.८४ ग्राम शुद्ध हेरोइन बोकिरहेको अवस्थामा ६३ वर्षीय थापालाई सन् २००९ मा पक्राउ परेका थिए ।

त्यसलगत्तै उनीविरुद्ध त्यहाँको प्रहरीले केन्डीस्थित उच्च न्यायालायमा मुद्दा चलाएको आजको छ ।

थापालाई उक्त अदालतले सन् २०१५ मार्च महिनामा मृत्युदण्डको फैसला सुनाएको खबर अन्नपूर्ण दैनिकमा छ।

मृत्युदण्डको फैसलापछि थापाले कोलम्बोस्थित पुनराबेदन अदालतमा फैसला पुनराबलोकनको लागि गरेको अनुरोधबारे अदालतले अन्तिम धारणा सार्वजनिक भने गरेको छैन ।

त्यस्तै तामाङले पनि आजीवन जेल सजाय पाएका छन् । परराष्ट्रमन्त्रालयका प्रवत्ता भरतराज पौडेलले लामोसमय देखि श्रीलंकामा राजदूत नभएका कारण समस्या भएको बताउँदै राजदूत नियुक्तिसँग उनीहरुको जीवन रक्षाको लागि ठोस पहल गर्ने बताए।





Comments

comments

Leave a Reply

14067