जहाज उडाएर फर्कंदै गर्दा पक्राउ परे बुद्ध एयरका पाइलट

जहाज उडाएर फर्कंदै गर्दा बुद्ध एयरका को–पाइलट पक्राउ परेका छन् । नक्कली प्रमाणपत्रको आरोपमा को–पाइलट स्वच्छन्द घले पक्राउ परेका हुन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई चार दिनअघि पक्राउ गरेको हो । आइएस्सी नै नपढी उनले पाइलट पढेको सिआइबीका निर्देशक डिआइजी नवराज सिलवालले बताए ।

उनले त्रिभुवन विश्वविद्यालयबाट आइएस्सी पढेको भनेर सर्टिफिकेट पेस गरी दक्षिण अफ्रिकाबाट पाइलट पढेका थिए । उनको विमान चालक अनुमति पत्र नम्बर ४०५ थियो। नयाँपत्रिका दैनिकमा खबर छ।

घलेको सर्टिफिकेट साथी राजुकुमार श्रेष्ठले बनाइदिएका थिए । श्रेष्ठलाई पनि पक्राउ गरिएको सिआइबीले जनाएको छ । श्रेष्ठ हवाई इन्जिनियर हुन् । पक्राउ परेका दुवैविरुद्ध सरकारी छाप दस्तखत किर्ते मुद्दामा कारबाही अघि बढाइएको सिआइबीले जनाएको छ । सिआइबीले नक्कली प्रमाणपत्रधारी पाइलटविरुद्ध अप्रेसन ह्वाक अभियान चलाउँदै आएको छ।





Comments

comments

Leave a Reply

14076