विदेशबाटै बढी पेन्सन बुझ्छन् नेपाली ! बेलायतलाई जित्दै भारत…

काठमाडौं, सेवा निवृत्त कर्मचारीले सरकारबाट भन्दा विदेशबाटै बढी पेन्सन बुझ्ने गरेको पाइएको छ ।

सरकारले गत आर्थिक वर्षमा सेवा निवृत्त कर्मचारी पेन्सनका लागि ४१ अर्ब ६ करोड रुपैयाँ बजेट खर्च गरेको खबर राजधानी दैनिकमा छ। यो रकम बढी भयो र राज्यले थेग्न सक्दैन भन्ने बहस चलिरहेको बेलामा विदेशमा सरकारी सेवाबाट निवृत्त भएका नेपालीले वर्षमा योभन्दा बढी रकम पेन्सन आइरहेको तथ्य सार्वजनिक भएको छ ।

नेपाल राष्ट्र बैंकले दिएको तथ्यांक अनुसार गत आर्थिक वर्षमा विदेशमा सरकारी सेवा गरेर निवृत्त भएका नेपालीले ४६ अर्ब ५१ करोड रुपैयाँ रकम पेन्सनवापत नेपाल भित्र्याएको छ ।

यो रकम भारतीय र बेलायती सेवामा काम गरेर अवकाश पाएका नेपालीले ल्याएको रकम हो । राष्ट्र बैंकका अनुसार यसमध्ये ८ अर्व ९९ करोड रुपैयाँ बेलायती सेनाबाट अवकाश पाएका नेपालीले र ३७ अर्ब ५२ करोड भारतीय सेनाबाट अवकाश पाएका नेपालीले पाउँदै आएको पेन्सन रकम हो । विदेशबाट पेन्सनका रुपमा नेपाल आउने रकम विदेशी मुद्रामै आउँछ । बेलायतबाट आउने पेन्सन भने घट्दो क्रममा र भारतबाट आउने बढ्दो क्रममा रहको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

14095