खेलकुदमा भाइरस लागेको छ– श्रेष्ठ

सुदर्शन रञ्जित / एचकेनेपाल डट कम –
पोखरा, ३० भदौ। नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुदमा भाईरस पसेर नेपाली खेलकुद विग्रिएको बताएका छन्।

सहारा क्लब पोखराको विहिबार पोखरामा १८ औं बार्षिकोत्सब तथा साधारण सभाको उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले नेपाली खेलकुदमा भाईरस लागेका कारणले गर्दा खेलकुद विग्रिएको बताएका हुन्। नयाँ ढंगले खेलकुदमा संरचना हुन साथ फुटवलमा देखिएको दुई प्रतियोगिता वन्धवन्दु गोल्ड कप र सागमा नेपालको जितसंगै नेपाली खेलकुदमा आशा जागेको उनले बताए । उनले भने “खेलकुदले मात्र सिंगो नेपालीलाई एक सुत्रमा बाध्य सक्छ, गोलवन्द गराउन सक्छ, खेलकुदमा कुनै धर्म, जात, भाषा, राजनीतिक र भुगोल हुदैन मात्र हुन्छ प्रतिष्प्रर्धा अनि सामुहिक एकताको भावना। ”

सवै नेपालीहरुलाई एकै सुत्रमा बाध्य काम खेलकुदले गर्ने बताएका श्रेष्ठले खेलकुदले देशमा एकता, शान्ति र विकास गराउन सकिने दाबी गरे । उनले भने “राज्यले कहिले पनि खेलकुदमा प्रथामिकता दिन सकेन, कुल बजेटको एक प्रतिशत भन्न्दा कम बजेटले नेपाली खेलकुदको के विकास हुन, सक्छ यसमा निजी क्षेत्रका समेत खासै ध्यान पुगेको छैन, दिर्घकालिन सोच अभाव भएका कारणले गर्दा नेपाली खेलकुद खस्केको हो ।”

ठूला कर व्यवसायीहरुले खेलकुदमा यदी लगानी गर्छन् भने उनीहरुलाई सरकारले विभिन्न सहुलियत दिनुपर्ने बताउदै अध्यक्ष श्रेष्ठले पदकधारी खेलाडीहरुलाई राज्यले केहि रकम आजीवन पेन्सनको रुपमा दिनु पर्ने बताए । नेपाली खेलकुदको विकास गराउने गरी सरकारबाट निजी क्षेत्रलाई समेत निर्देशित हुने गरी कार्यक्रमहरु ल्याउन सके नीजि क्षेत्रले पनि नेपाली खेलकुदलाई अघि बढाउन सकिने सहारा क्लवको उदाहरण दिदै उनले निजी क्षेत्रलाई खेलकुदमा संलग्न गराउन राज्यले विषेश कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए।

यसैबिच, सहारा खेलकुद पत्रकारीता पुरस्कारबाट यस बर्ष मानबहादुर घर्तीमगर (एम बी आस्था) सम्मानित भएका छन्। विगत २०५६ देखि पत्रकारीता सुरु गरेका उनले खेलकुदको विकासमा उल्लेखनिय योगदान पुराएको भन्दै उक्त अवसरमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठ, सहारा क्लबका अध्यक्ष विरभद्र आचार्यले सम्मानपत्रको साथमा दोसल्ला, खादा, अविर लगायर सम्मान गरेका हुन । पुरस्कार राशि १५ हजार ५ सय ५५ रुपैया रहेको छ।

त्यस्तै क्लबले बार्षिकोत्सबको अबसरमा सहारा उत्कृष्ट पुरस्कारबाट यस बर्ष साधारण सदस्य सुनिता गुरुङलाई सम्मान गरेको छ । कार्यक्रममा पर्यटन व्यवसायी मदन केसी, सहारा क्लवका सल्लाहाकार एवम एनआरएन युकेका अध्यक्ष मुछेत्र गुरुङ्ग, सल्लाहकार नारायण कार्की, क्लबका वरिष्ठ उपाध्यक्ष केशब थापा, महासचिव केशबराज बराल लगायतले क्लवको दिगो व्याबस्थापनको लागि अक्षयकोष बृद्धि गर्न आग्रह गरेका थिए।

सहारा क्लवले संचालन गर्दै आएको सहारा फुटवल एकेडेमीको दिगो व्यबस्थापनको लागि हालसम्म एक करोड रकम संकलन भएको क्लवका अध्यक्ष आचार्यले बताए । उनले भने “हामीले कतिन्जेल सहयोगीहरुको हात थाप्ने सक भर आगमी एक बर्ष भित्रमा दुई करोडको अक्षयकोष स्थापना गर्न सके त्यहाँबाट आएको व्याजले एकेडेमीको खर्च धान्न सजिलो हुन्थो। ”

कार्यक्रममा क्लबले सञ्चालन गरेको सहारा फुटवल एकेडेमीमा रहेका ६ जना वालकलाई पढाईमा उत्कृष्टता हासिल गरेवापत सम्मान गरिएको थियो । उनीहरुको लागि डिस्नेरीसहित शैक्षिक सामाग्रीका लागि राखेपका पूर्व सदस्य एवं मनकामना केवलकार दर्शन प्रालिका संचालक राजेश गुरुङले ६ हजार सहयोग गरे । सहारा एकेडेमीमा हाल १६ जिल्लाका २८ जना वालकहरु रहेका छन । यस बर्ष सहारा एकेडेमीमा मात्र २३ लाख ६६ हजार १ हजार ३० रुपैया खर्च भएको क्लवले जनाएको छ । गत माघ ५ देखि १६ गतेसम्म आयोजना गरीएको आहा रारा गोल्ड कपबाट ९७ लाख २४ हजार आम्दानी हुदा ३५ लाख २ हजार वचत गन सफल भएको थियो।

क्लबले सहारा निमावि सञ्चालनको लागि सहयोगार्थ ५१ हजार ५१ रुपैया समेत हस्तान्तरण गर्यो । गुर्सीनी गल्स समूहले महिलाहरुको महान पर्व हरितालिका तिज पर्वको पार्टी कार्यक्रमबाट संकलन भएको ३० हजार ५ रुपैया समेत क्लवलाइ हस्तान्तरण भएको छ । मलेसियामा हालै सम्पन्न भएको खुल्ला कराँते अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई स्वर्ण पदक जिताउन सफल विशाङख राना मगरलाई सम्मान गरिएको छ । साथै खेलाडी राना मगरले एकेडेमीका वालकहरुको लागि १० हजार सहयोग प्रदान गरेका छन्। आत्म साक्षी राखि मन वचन र कर्मले सामाजिक सेवा गरौं भन्ने नाराका साथ २०५५ सालमा स्थापना भएको क्लवको शाखा हाल वेलायत, हङकङ हुदै अष्ट्रेलियासम्म पुगेको छ । उक्त अवसरमा विनु राना मगर, रोजिना गुरुङ र देवि रिमाललाई आजीवन सदस्यताको परिचय पत्र समेत वितरण गरिएको छ।

यसै विच, मार्फ थकाली युवा सञ्जालद्धारा एकेडेमीका वालकहरुलाइ खाना खुवाएको छ । सञ्जालकी अध्यक्ष देउकुमारी हिराचनले क्लवले गरेको प्रशंसानीय कार्यको अवलोकन गर्न पाउदा खुशी व्यक्त गर्दै आगमी दिनमा पुनः सहयोग गर्ने वचन दिईन । बुधबार एकेडेमीमा उक्त कार्यक्रम आयोजना गरिएको संयोजक राजु लालचनले बताए।





Comments

comments

Leave a Reply

14264