युएईमा पहिलो पल्ट नेपाली म्युजिक भिडियो अवार्ड सम्पन्न

दामोदर दाहाल / एचकेनेपाल डट कम –
युएईको आबुधाबीमा शुक्रबार नेपाली म्युजिक भिडियो अवार्ड बिभिन्न १८ विधामा प्रदान गरिएको छ।

नेपाली म्युजिक भिडियो अवार्ड २०१६ युएई अन्तर्गत अवार्ड हात पार्ने कलाकारहरुमा बेस्ट म्युजिक नेशनल फिल अन्तर्गत सुरज आचार्य र प्रदिप दाहाल, बेस्ट इमर्जिंग ट्यालेन्ट स्वेता पुजारी, वेस्ट म्यूजिक भिडियो डाइरेक्टरमा मिलन चाम्स, बेस्ट कोरियोग्राफरमा शंकर विसी, वेस्ट भिडियो क्यामेरा पर्सनमा हरि हुमागाई, बेस्ट लिरिक्समा किशोर घिमिरे, बेस्ट संगीतकारमा सुनिल मास्के, बेस्ट एरेन्जमेन्टमा अल्मोड उप्रेती, बेस्ट लोक दोहोरीमा रिप कुमार श्रेष्ठ, बेस्ट इडिटरमा प्रकाश तुलाधर, बेस्ट भोकलम्यानमा युबराज चौलागाई, बेस्ट भोकल फिमेलतर्फ मिलन अमात्य, बेस्ट भोकल पप मेल तर्फ अमिक शेख, बेस्ट भोकल पप फिमेल तर्फ दुर्गा खरेल, बेस्ट म्युजिक भिडियो अन्तर्गत योगेन्द्रमणि दाहाल, बेस्ट म्युजिक भिडियो डाइरेक्टरमा सहेन्द्र श्रेष्ठ, बेस्ट एक्टरसमा बर्षा राउत, बेस्ट एक्टरमा पल शाह त्यस्तै गरि बेस्ट चलचित्र नायकमा अनमोल केसी, बेस्ट चलचित्र नायिकामा पुजा सर्मा र चलचित्र निर्देशकमा सुदर्शन थापाले यो बर्ष युएईमा भएको पहिलो नेपाली म्युजिक भिडियो अवार्ड २०१६ अन्तर्गत अवार्ड हात पार्न सफल रहे।

अवार्ड कार्यक्रमको बिचमा अहिलेका जल्दाबल्दा निर्देशक सुदर्शन थापाले “गीत” फिल्मको सफलता पश्चात ” म यस्तो गीत गाउछु” नयाँ फिल्मको निर्माण निर्देशन गर्ने कार्यक्रमहलबाटै घोषणा गरेका छन्। उक्त चलचित्रमा नायक पल शाह र नायिका पूजा शर्मा रहने जनाइएको छ।

कार्यक्रमको अन्तिममा गायिका कोमल ओलीले दर्शक तथा आयोजकलाई छम-छ्मी कार्यक्रम हल तथा स्टेजमै नचाएकी थिइन्।

कार्यक्रमको प्रस्तुतिमा “शान्ति लुकाउ कहाँ ” नृत्यबाट सुरु गरिएको थियो जसमा स्वयताको आकर्षक नृत्यले कार्यक्रम हललाई तताएको थियो भने गायिका कोमल ओली र गीतकार योगेन्दमणि दाहाललाई सम्मान पत्र र दोसल्लाले बिशेष सम्मान गरिएको थियो।

गोपीकृष्ण पंगेनीको “मायाले बराल्छ” बर्षा राउतको “ब्लाष्ट हुनेवाला छ मेरो जवानी” त्यस्तै सुमन तामांगको “माया बस्यो ख्याल ख्यालैमा” तामांग सेलोको गीतले दर्शकहरुलाई हल भित्रै नचाएका थिए।

संगीक्षा फिल्म इन्टरटेनमेन्ट र नमस्ते ट्राभल्स एण्ड टुरिजमको संयुक्त आयोजनामा नेपाली म्युजिक भिडियो अवार्ड कार्यक्रममा दुईजना सभाध्यक्ष सहित युएईका लागि नौलो खालको सुरुवाती गरिएको थियो भने सभाध्यक्षद्वय संगीक्षा फिल्म इन्टरटेनमेन्टका मनोज केसी तथा नमस्ते ट्राभलका एकेन्द्र थापा रहेका थिए।

फोटो: सन्दिप भट्ट, भुपराज बस्याल र खिमलाल पाण्डेको फेसबुकबाट





Comments

comments

Leave a Reply

14299