अमेरिकाबाट विशेष तालिम लिंदै एसएसपी खनाल

विजय थापा / एचकेनेपाल डट कम –
न्यूयोर्क, नेपाल प्रहरीमा आफ्नो बिषेश स्थान बनाउन सफल भएका एसएसपी सर्बेन्द्र खनाल अमेरिकी सरकारले दिने एक उच्च स्तरीय तालिमका लागि छनौट भएका छन्।

आगामी मंगलबार अमेरिकामा आउन लागेका खनालले करीब ६ हप्तासम्म चल्ने अमेरिकी सरकारको उच्चस्तरिय एड्भान्स सेक्युरिटी कोअपेरशन कोर्ष नामक तालिममा भाग लिने भएका छन्।

अमेरिकाको हवाई राज्यमा चल्ने उच्चस्तरीय तालिममा संसारका बिभिन्न देशका उच्च स्तरका सुरक्षाकर्मीहरुको सहभागिता रहने जनाइएको छ। हाल महानगरीय प्रहरी प्रमुख रहेका खनाल प्रहरी सेवामा प्रवेश गरेदेखि नै उच्च क्षमता प्रर्दशन गर्दै आएका प्रहरी अधिकारी हुन्।

काठमाण्डौ, जनकपुर जस्ता संवेदनशील र महत्वपूर्ण स्थानहरुमा प्रहरी प्रमुखको कमाण्ड सम्हाल्दा संगठन र जनतामाझ अत्यन्तै लोकप्रिय भएका खनाल महानगरीय अपराध महाशाखाको प्रमुख भएपछि झनै लोकप्रिय बनेका छन्।

खनाल अपाराध महाशाखा प्रमुख भएपछि फुटबलको म्याच फिक्सिङ, गुण्डाहरुको बिषेश अप्ररेशन जस्ता कार्यले जनतामाझ उनको लोकप्रियता झनै चुलिएको छ।





Comments

comments

Leave a Reply

14306