साउदी पुगेको ४ महिनामै एक नेपालीको मृत्यु

रोशन मेवाहाङ / एचकेनेपाल डट कम –
२ असोज । ताप्लेजुङ जिल्लाको नाङ्खोल्याङ गाविस वडा नंम्बर ३ बोरादिनका प्रमोद श्रेष्ठ काठमाण्डौंस्थित योङ ओभरसिज मेन पावरबाट उडेको ४ महिनामै फोक्सोको क्यान्सरबाट मृत्यु भएको छ।

प्रमोदले ८५ हजार रुपझयाँ तिरेर एक चक्लेट फ्याक्ट्रीमा काम गर्न साउदी पुगेका थिए। नेपालबाट बैधानिक रुपमा स्वास्थ्य परिक्षण गरी साउदी पुगेका श्रेष्ठ पुगेको ३ महिनामै विरामी परेर थलिएका थिए। उनलाई उपचारको लागि साउदीस्थित रियाद सनाद अस्पतालमा १८ दिन र मोवासात अस्पतालमा १२ दिन सम्मको उपचारपछि सेप्टेम्बर ३ तारिख फोक्सोको क्यान्सरबाट मृत्यु भएको उक्त अस्पतालले जानकारी गराएको छ।

आफ्नो घरको पारिवारिक समस्याका कारण श्रेष्ठ साउदी अरब पुगेका थिए। तर, अचानक उनी रोगले ग्रसित हुदै थला परे । नराम्ररी स्वास्थ्य बिग्रिएपछि कम्पनीका मालिकले उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिदिएका थिए । पछिल्लो पटक आईसीयुमा राखेर उपचार गराउँदा गराउँदै मृत्यु भएको उनका आफ्न्त फुपाजु अईन्द्र विक्रम श्रेष्ठले जानकारी दिए। अईन्द्र पनि साउदीमै कार्यरत छन्।

पार्थिव शरीरलाई यतिका दिनसम्म पनि स्वदेश पठाउने प्रक्रिया पुरा भई नसकेको दुखेसो पोखे । साउदीबाट जस्तो सुकै समस्या घरमा परे पनि कम्पनीबाट विदा पाउन कठिन पर्ने र काममै अल्झाई रहने उनले गुनासो पोखे।

देशले हरेक दिन यसरी कलिलो नौजवानहरु गुमाई रहदा नेपालस्थित बैदेशिक रोजगारीमा जानेहरुलाई गरिने स्वास्थ्य परिक्षणमा चरम लापरवाही भएको दैनिक जसो प्रवासी नेपालीहरुले सामाजिक सञ्जालतिर टिप्पणी गरिरहेका देखिन्छन् । यस्ता घटनाहरुलाई न्यूनीकरण गर्न सरोकारवालाहरुको ध्यानकर्षण हुन जरुरी छ।





Comments

comments

Leave a Reply

14311