भारतीय कारणले गौतमबुद्ध विमानस्थल समस्यामा


वेब फोटो

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको एक एजेण्डा बनाइएको हवाई उड्डयन क्षेत्रका मुख्य दुई मुद्दामा सम्झौता हुन सकेन।

नेपालले धेरै पहिलेदेखि उठाउँदै आएको नेपाल र भारतबीच खुल्ला आकाश सम्झौता अर्थात एयर स्पेस एगि्रमेन्ट र नेपाल आउने एयरलाइन्सलाई तीन नाकाबाट प्रवेशको अनुमति सम्बन्धी प्रस्तावमा यसपटक पनि सम्झौता हुन सकेन।

पछिल्ला प्रत्येक प्रधानमन्त्री भारत भ्रमणमा एजेन्डामा यी मुद्दा राखिदै आएका छन्। प्रधानमन्त्री प्रचण्डले पनि उक्त प्रस्ताव गरेका थिए । तर दिल्लीमा भएको दुईपक्षीय वार्तामा दुवै विषयमा सम्झौता नभएपछि अन्यौलता पुनः बढेको खबर आजको कारोबार दैनिकमा छ।

भैरहवामा गौतमबुद्ध विमानस्थल निर्माणले गति लिँदै जाँदा नेपाल र भारतीच हुनुपर्ने अत्यावश्यक सम्झौता गर्न भारतले आलटाल गर्दै आएको छ।

उक्त सम्झौता नभए सन् २०१८ को जनवरीभित्र सञ्चालनमा ल्यउने गरी निर्माण कार्य जारी राखिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उडान अवतरणमा समस्या पर्ने देखिन्छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

14322