‘ल खत्तम’, राजु मास्टर र दिवाकरले के गरे ?

मेन मिडिया / एचकेनेपाल डट कम –
पोखरा, ४ असोज । पोखरामा नयाँ हाँस्य सिरियल ‘ल खत्तम’को छायाँकन भैरहेको छ । हाँस्य टेलिश्रृंखला ‘मेरी बास्सै’बाट चर्चित बनेका राजु मास्टर उर्फ राजु पौडेलको निर्देशनमा यो सिरियल बनिरहेको छ । हाँस्य सिरियललाई चाँडै नै पोखराको एक टेलिभिजनबाट प्रशारण गर्ने र युट्युबमार्फत विश्वव्यापी रिलिज गर्ने निर्माण टोलीले जनाएको छ।

राजु पौडेल र पोखराका कलाकार दिवाकर भण्डारी मिलेर यो सिरियल निर्माण गरिरहेका छन् । भण्डारी यो सिरियलका लागि मुख्य सहायक निर्देशक पनि हुन् । यी दुईको जोडी नै सिरियलमा प्रमुख रुपमा देखिनेछन् । यहाँका पुराना क्यामेराम्यान दिपकमान उदासले सिरियललाई खिचिरहेका छन्।

‘ल खत्तम, सामाजिक सन्देशमूलक हाँस्य सिरियल हो । र, हामीले यो सिरियललाई गण्डक क्षेत्रको जीवनशैली र बोलीचालीमै उतारेका छौँ ।’ निर्देशक तथा मुख्य कलाकार राजु पौडेलले भने–‘पोखरा मात्रै नभएर यो सिरियल अन्य ठाऊँमा पनि सुटिङ गर्नेछौँ । हामी जहाँ जान्छौँ, त्यहाँको आञ्चलिकतालाई हामीले सिरियलमा देखाउनेछौँ।’

सिरियलमा काठमाण्डौ र पोखराका कलाकारहरुले अभिनय गरेका छन् । सिरियलका अर्का मुख्य कलाकार दिवाकर भण्डारी लामो समय यता पोखरामा कलाकारिता गर्दै आएका छन् । स्थानीय बिग एफएममा उनले कमेडी कार्यक्रम समेत चलाउँछन् । केहि समय अगाडि एउटा फिल्म पनि बनाएका थिए, ‘मेरी गंगा’ नामक । तर फिल्मबाट उनलाई घाटा भयो । फेरि उनी अभिनय सँगै सिरियलको निर्माणमा लागेका छन् । तर यो पटक उनलाई सिरियल बनाउँदै गर्दा नै लगानी उठ्ने निश्चित छ । टेलिभिजन प्रर्दशन र युट्युब प्रदर्शन अधिकारबाट आफू सेफ साईडमा भएको उनले सुनाए ।

पछिल्लो समय युट्युब च्यानलबाट पनि कमाई गर्न सकिने भएपछि ती कलाकारहरुले त्यसैलाई लक्षित गर्दै कमेडी सिरियलहरु निर्माण गरिरहेका छन् । धुर्मुस र सुन्तलीले आफ्नै युट्युब च्यानल चलाईरहेका छन् । माग्ने बुढा र तक्मे बुढा मिलेर पनि यस्तै च्यानल संचालन गरिरहेका छन् । यसको पछिल्लो उदाहरण ‘ल ख त्तम’ नामको यो सिरियल पनि हो।





Comments

comments

Leave a Reply

14337