प्रचण्डले भने- ‘लोकमानसँग कुरा मिलिसक्यो’

काठमाडौं, प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रखुख लोकमान सिंह कार्कीसँग लडाकु शिविरको अनियमितता छानबिन प्रक्रिया अघि नबढाउनेबारे कुरा भइसकेको बताएका छन्।

लाजिम्पाटस्थित दाहालको निजी निवासमा मंगलबार बसेको बैठकमा दाहालले यस्तो बताएका हुन्।

अदालतले कार्कीको नियुक्तिबारे फैसला पुनरावलोकन गर्ने भनेपछि उनले हाम्रोतर्फबाट केही सहयोग होला भन्ने अपेक्षा राखेका रहेछन्, म केही नभनी भारत भ्रमणमा निष्किएपछि ‘अदालतको कुरा मिलाइदिएन’ भन्ने उनको असन्तुष्टी देखियो’, बैठकमा दाहालको भनाइ उदृत गर्दै माओवादी उच्च स्रोतले भन्यो,‘मैले सबै कुरा प्रष्ट बताइदिएको छु। उनले कार्कीको रियलाइज पनि गरेका छन्। अब अख्तियार र पार्टीबीच कुरा मिलिसक्यो भनेर बुझ्नुहोस्।’

दाहालले अदालत र अख्तियारको पाटोमा के कुराकानी हुन्छ भन्नेबारे आफूले बिस्तृतमा चासो राख्न नपाएको पनि बैठकमा बताएका थिए।

अख्तियारले गत शुक्रबार पत्रकार सम्मेलन गर्दै माओवादी लडाकु शिविरमा भएको अनियमितता छानविन प्रक्रिया अघि बढाउने निर्णय गर्दै सम्बन्धि पदाधिकारीहरसंग सोधपुछ अघि बढाउने बताएको थियो।

प्रमुख विपक्षी एमालेको उक्साहटमा अख्तियारले उक्त प्रक्रिया अघि बढाउन खोजेको उल्लेख गर्दै दाहाले त्यसबारे कार्कीसंग कुरा भइसकेको बैठकमा उल्लेख गरेका थिए । दाहाल निकट दुई नेताहरुले एमालेका उच्च तहका नेता र अख्तियार प्रमुख कार्कीबीचको छलफलबाट यस्तो प्रक्रिया अघि बढाउन खोजेको दाबी गरेका छन्। कान्तिपुरमा खबर छ।





Comments

comments

Leave a Reply

14339