एटलान्टामा यसरी मनाइयो मध्य शरद ऋतु उत्सब

विजय थापा / एचकेनेपाल डट कम –
वाशिंगटन डिसी, अमेरिकाको एटलान्टामा अन्तर्राष्ट्रिय समुदायको पहलमा भब्य शरद ॠतु उत्सब मनाइयो।

उक्त कार्यक्रममा बिभिन्न देशका आ-आफ्नो खानाको कटेरो,अस्थायी छाप्रो ,देश झल्किने पोशाक ,सामग्रीहरुको सजावट तथा प्रदर्शनी गरिएको थियो। सांस्कृतिक कार्यक्रमको प्रस्तुतिले उत्सबमा आएका सबै आगन्तुकले भरपूर मनोरंजन र आनन्द लिए।

अमेरिकन राष्ट्रिय गीतबाट सुरु भएको कार्यक्रममा सिंह नाच ,बच्चाहरुको लागि ल्यानटर्न प्रतियोगिता,मार्सलआर्ट प्रदर्शनी ,गीत ,संगीत ,नृत्य लगायत बिबिध बिषय बस्तुहरुले उत्सव अझ रोचक बनाएको थियो।

नेपालको प्रदर्शनी कक्षको सजावट गर्न अमेरिकाको लागि विश्व हिन्दू महासंघको अध्यक्ष किरण श्रेष्ठ र परिवार बिहानै देखि खटिएका थिए।

कार्यक्रमको पहिलो चरणमा आ-आफ्नो देशको प्रतिनिधिहरुले मन्तब्य राख्ने क्रममा पर्यटनदूत राजा घलेले सबैको जीवन कालमा एकपल्ट नेपाल जानै पर्ने देश ” भनेर नेपालको परिचय तथा सौन्दर्यको बारेमा बोलेका थिए।

साँस्कृतिक कार्यक्रममा नेपाली राष्ट्रिय गीत ” आँखैमा राख्छु मेरो देश ” को बोलमा बीनु गुरुङ ( कुँवर ) ,अन्जु गुरुङ र मन्जु गुरुंगले उत्कृष्ट नृत्य प्रस्तुत गरेर सम्पूर्ण दर्शक महानुभाबहरुलाई भरपूर मनोरंजन दिलाएका थिए।

उनीहरु नेपालको गुन्यु चोलीको पहिरनमा प्रस्तुत हुदा सबै समुदायले मनपराउनुको साथै निकै प्रशंसा गरेका थिए।





Comments

comments

Leave a Reply

14343