स्याङ्जाकी निशा बनिन् ‘पाँचौं मिस तमुस्यो’

उमेश पुन / एचकेनेपाल डट कम –
पोखरा ९ असोज । मिस तमुस्यो नेपाल–२०७३ को उपाधि निशा तमुस्योले जितेकी छिन्।

पाँचौं संस्करणको मिस तमुस्यो नेपालको उपाधिसहित उनले ५० हजार नगद, एक साताको हङकङ भ्रमण प्याकेज, १२ तोलाको चाँदीको क्राउन पाउन सफल भइन्।

पोखरा सभागृह हलमा भएको ग्राण्ड फिनालेमा अन्य १८ जना प्रतिष्पर्धीहरूलाई पछि पार्दै उनले उपाधि हात परेकी हुन्।

प्रतियोगितामा कास्कीकी स्यारोन तमुस्यो फष्ट रनर अप भइन्। उनले ३० हजार नगद र क्राउन पाउन सफल भइन् भने कास्कीकै सुयसा तमुस्यो सेकेण्ड रनर अप हुदै २० हजार नगद र क्राउन प्राप्त गरिन्। नेपाल तमु विद्यार्थी छोंज धिं कास्कीले प्रतियोगिताको आयोजना गरेको हो।

तस्वीरः उमेश पुन / एचकेनेपाल डट कम

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

14365