नेपाली नारी समाज पोर्चुगलको अधिबेशनको तीव्र तयारी

सुनिल संगम –
लिस्बन, नेपाली नारी समाज पोर्चुगलको पहिलो अधिवेशन १६ अक्टोवर २०१६ मा हुने भएको छ। २१ सेप्टेम्वर २०१६ मा वसेको उक्त समाजको वैठकले सो निर्णय गरेको जानकारी अध्यक्ष सीता बरालले दिएकी छिन्।

अधिवेशनको तयारीको लागि अध्यक्ष सीता बरालको संयोजकत्वमा ३५ सदस्य मूल व्यवस्थापन समिति गठन गर्नुको साथै निर्बाचन समिति संयोजकमा एनआरएनए आईसीसी सदस्य रमेश कुमार गुरुङ, सदस्यता वितरण उपसमिति संयोजकमा सुनिता मानन्धर, प्रचारप्रसार उपसमिति संयोजकमा मनु मल्ल रानाभाट , हल व्यवस्थापन उपसमिति संयोजकमा जयकला राई र अतिथि स्वागत सत्कार उपसमिति संयोजकमा सरु भण्डारीलाई जिम्मेबारी सुम्पेको छ।

कल्चर हाउस आन्जोसमा दिउसो ३.०० बजेबाट सुरु हुने उक्त अधिबेशन प्रायोजनको निम्ति सम्पर्क तथा नेपाली नारी समाज पोर्चुगलको सदस्स्यता ग्रहण गर्नको निम्ति ९ अक्टोबर २०१६ सम्म सम्बन्धित निकायमा सम्पर्क गरिसक्नु पर्ने निर्णय भएको जानकारी अध्यक्ष बरालले दिएकी छिन्।





Comments

comments

Leave a Reply

14421