आफैंले फेल गराएका तीन विधेयक पारित गर्दै सत्तापक्ष


विडम्बनाको खेल : पूर्वअर्थमन्त्री महत
फेरि यस्तो कहिल्यै नहोस् : तत्कालीन अर्थमन्त्री पौडेल

दुई महिना अघि संसदको वहुमतले अस्वीकृत गरेको बजेटसंग सम्बन्धीत आश्रित विधेयकहरु जस्ताको तस्तै पारित हुने भएका छन । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले साउन ७ को बैठकमा आर्थिक विधेयक, राष्ट्रऋण उठाउने विधेयक, ऋण तथा जमानत एक्काइसौं संशोधन विधेयक निर्णयार्थ पेस गर्दा माओवादी केन्द्र र कांग्रेस सांसदहरुले विपक्षमा मतदान गरेका थिए।

मूल बजेटका रुपमा विनियोजन विधेयक पारित भए पनि त्यसका आश्रित विधेयकहरु फेल भएको संभवत यो पहिलो संसदीय घटना थियो । खर्च गर्ने विनियोजन विधेयक पारित भएको तर राजश्व र ऋण उठाउने विधेयक फेल भएको परिस्थितिमा सरकारले सामुहिक कर असुली ऐन २०१२ मा टेकर नियमित राजश्व उठाउँदै आएका छ।

गत साउन ७ को बैठकमा रोष्ट्रममा उभिएर बजेटका आश्रित विधेयकहरु पारित गर्नु हुँदैन भन्ने माओवादी केन्द्रका नेता कृणबहादुर महराले नै बिहिबारको बैठकमा सरकारको अर्थमन्त्रीको हैसियतमा ती विधेयक जस्ताको तस्तै पारित गर्न टेवल गरेका हुन्।

सरकार फेरिदा विरलै पर्ने यस्तो अप्ठ्यारो भने स्वयं सत्तापक्षले सिर्जना गरेको उल्लेख गर्दै प्रतिपक्षी एमाले सांसदहरुले सदनमा संसदको नियम जस्तै शब्दकोषमा रहेको लाज भन्ने शब्द समेत निलम्बन गर्न सरकारलाई व्यंग्यात्मक सुझाव दिए। पूर्वअर्थमन्त्री समेत रहेका कांग्रेस नेता रामशरण महतले भने यसलाई ‘विडम्वनाको खेल’ भनेका छन्।

‘दुई महिना अघि जसले यी विधेयक फेल गराएका थियौ, आज नियम नै निलम्बन गरेर उसैले पारित गर्दैछौ,’ महतले भने– ‘विगतमा हामीले प्रतिपक्षमा रहदा पनि आर्थिक विधेयकमा आपत्ति छैन भनेर मौन वसेको हो । राष्ट्र ऋण उठाउने विधयेक उपयुक्त नभएकाले हुन्न भनेका थियौं । मैले आफ्नो विचार वदलेको छैन।’

पूर्वअर्थमन्त्री विष्णु पौडेलले तर्कका आधारमा सच्चाइलाई अस्वीकार गर्दा माओवादी–कांग्रेसले यसअघि आफैंले फेल गरेको विधेयक पुन: ल्याउन संसद्को नियम निलम्बन गर्नुपर्ने दु:खद स्थिति आएको बताए । ‘मिडियामार्फत जनताले यो सबै हेरिरहेका छन् । हिजो र आजका तर्कमा संगति हुनुपर्छ कि पदैन ?’ उनले भने, ‘फेरि यस्तो कहिल्यै नहोस् ।’ कान्तिपुर दैनिकले खबर छापेको छ।





Comments

comments

Leave a Reply

14428