फोटो महोत्सवका सहभागी फोटोग्राफरको भ्रमण खर्च आयोजकले बेहोर्ने

एचकेनेपाल डट कम संवाददाता –
काठमाडौं, अन्तर्राष्ट्रिय फोटो महोत्सवमा सहभागी हुन मोफसलका दसजना फोटोग्राफर तथा फोटोपत्रकारको भ्रमण खर्च आयोजक फोटो.सर्कलले बेहोर्ने भएको छ।

अन्तर्राष्ट्रिय फोटो महोत्सव ’फोटो काठमाडौँ’ मा सहभागी हुन इच्छुक फोटोग्राफर / फोटोपत्रकार प्रतिव्यक्तिलाई ५ हजार रुपैयाँ भ्रमण खर्च उपलव्ध गराउने आयोजकले जनाएको छ।

नेपालको एक मात्र अन्तर्राष्ट्रिय फोटो महोत्सव ’फोटो काठमाडौँ’को दोश्रो संस्करण २०७३ कार्तिक ५ देखि १८ गते सम्म पाटनमा आयोजना हुने भएको छ।

महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोटोग्राफरहरुका फोटो प्रदर्शनी, फोटोग्राफी कार्यशाला, कलाकारसँग सम्वाद, पोर्टफोलियो रिभ्यु, सन्ध्याकालीन फोटो स्लाइड शो लगायतका कार्यक्रमहरु हुने छन्।

पाटनका सार्वजनिक स्थानहरुमा हुने फोटो प्रदर्शनी, कलाकार सम्वाद, सन्ध्याकालीन फोटो स्लाइड शोहरुमा सहभागी हुन कुनै शुल्क लाग्ने छैन। तर, फोटोग्राफी कार्यशाला, पोर्टफोलियो रिभ्यु जस्ता कार्यक्रममा सहभागी हुन भने न्यूनतम शुल्क तिर्नुपर्ने हुन्छ। महोत्सवमा सञ्चालित कार्यशालामा सहभागी भएर, पोर्टफोलियो रिभ्युमा फोटोग्राफी क्षेत्रका बिज्ञहरुलाई आफ्नो फोटो देखाएर, कलाकार सम्वादमा सहभागी भएर यस महोत्सवमा भाग लिन सकिन्छ । स्वयंसेवकका रुपमा सहभागी भै अनुभव बटुल्न पनि सकिनेछ।

सन् २००७ मा स्थापना भएको फोटो.सर्कलले स्थापनाकाल देखिनै नेपालमा फोटोग्राफीको प्रबर्धनका लागि विभिन्न्न काम गर्दै आएको छ।

भ्रमण खर्चको लागि आवेदन फारम https://goo.gl/julTMf भरेर पठाउन सकिने छ। फारम बुझाउने अन्तिम मिति असोज २० गते रहेको छ।





Comments

comments

Leave a Reply

14437