एमाओवादी उपाध्यक्ष बोगटीको अन्त्येष्टि

एचकेनेपाल डट कम सम्वाददाता–
काठमाडौं, ३० भदौ । एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीको सोमबार बिहान निधन भएको छ। हृदयघातसँगै मस्तिष्कघात भई अस्पताल भर्ना भएका नेता बोगटीको बिहान ७ बजेर १५ मिनेटमा निधन भएको हो।

उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलिको लागि पहिले पार्टी कार्यालय पेरिसडाँडामा र पछि खुलामञ्चमा राखेपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। बोगटीको पार्थिव शरीरमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बोगटीका छोरीहरु प्रतिभा र प्रभाले दागबत्ति दिए। बोगटीको एक्लोमात्र छोरा रवीको जनयुद्धको बेला धादिङको सत्यदेवी गाविसमा सेनाको गोलीबाट २०५८ मा मारिएका थिए।

बोगटीको निधनमा कसले के भने?





Comments

comments

1444