राष्ट्रपति र पूर्वराष्ट्रपतिबीच नाता जोडिँदै

राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वराष्ट्रपति डा. रामवरण यादवबीच नाता जोडिने भएको छ । राष्ट्रपति भण्डारीकी कान्छी छोरी डा. निशाकुसुम र पूर्वराष्ट्रपति डा. यादवकी भतिजी किरणका छोरा अभिषेकबीच बिहेको टीकोटालो भएको छ । अब दुई राष्ट्रपतिबीच सम्धी–सम्धिनीको नाता हुनेछ।

राष्ट्रपतिनिवासमा आइतबार टीकाटालो भएको खबर नयाँपत्रिका दैनिकले छापेको छ। राष्ट्रपति कार्यालयले नै आइतबार बिहान १०ः१५ बजेको साइतमा ‘इन्गेजमेन्ट’ भएको जनाएको छ।

इन्गेजमेन्टमा दुवै परिवारका काठमाडौंमा उपलब्ध पारिवारिक सदस्य मात्र सहभागी थिए । केटा–केटीले एक–अर्कालाई माला लगाएका थिए भने राष्ट्रपति भण्डारी तथा केटाका पिता मुनिलाल यादव र माता किरणले टीका लगाइदिएका थिए।





Comments

comments

Leave a Reply

14674