नेपालको सबैभन्दा बढी दुर्घटना हुने ४ सडकहरु

सडक विभागले गरेको एक अध्ययनले देशभरका सडकहरुमध्ये चारवटा सडकखण्डमा धेरै दुर्घटना हुने देखाएको छ।

सिद्धार्थ राजमार्गको आर्यभन्ज्याङ राम्दी सडकखण्ड १२ किलोमिटर, लमही तुलसीपुर सडकखण्ड २९ दशमलव ६२ किलोमिटर, अरनिको राजमार्गको सूर्य विनायक दोलालघाट खण्ड ४७ दशमलव १५ किलोमिटर र भालुवाङ भारण्डा रोल्पा सडकखण्ड ९१ किलोमिटरमा धेरै दुर्घटना हुने गरेको नयाँ पत्रिका दैनिकले छापेको छ।

यी सडकलाई विभागले ब्याल्क स्पट मानेको विभागले सडक तथा ट्राफिक इकाइका इन्जिनियर विवेक पाण्डेले बताए। सडक डिभिजन कार्यालयको माग र निर्माण सम्पन्न भएका तर दुर्घटना दोहोरिरहने सडकखण्डलाई छनोट गरेर विभागले अध्ययन गरेको हो । ‘यसरी गरिएको अध्ययनमा उल्लेखित चार सडकखण्ड सबैभन्दा बढी दुर्घटना हुनेमा परेका हुन्,’ इन्जिनियर पाण्डेले भने।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

14676