पोखरामा नयाँबजार साँझ हुंदै

अर्जुन गिरी –
पोखरा, १२ कात्तिक । नयाँ बजार क्लबको आयोजनामा ‘नयाँबजार साँझ’ भोलि शनिबार हुदै छ । प्रत्येक बर्ष तिहारको अवसरमा क्लबले नयाँबजार साझ गर्दै आएको क्बलका उपाध्यक्ष प्रदिप बस्नेतले जानकारी दिए।

‘तिहारको अवसरमा शुभकामना दिदै नयाँ बजारलाई चिनाउन कार्यक्रमको आयोनजा गरेका हौं,’ उनले भने, ‘यो छैठौ संस्करण हो ।’ उपाध्यक्ष बस्नेतले कार्यक्रममा सहभागी हुन सम्पूर्ण पोखरेलीलाई अनुरोध समेत गरे।

नयाँ बजार म्यूजियम रोडमा साँझ ६ बजेदेखि कार्यक्रम सुरु हुने उनले जानकारी दिए। ‘शुरुवात परिवर्तनको’ भन्ने नारासहित नयाँबजार साँझमा यस पटक विशेष तीन वटा व्याण्डको प्रस्तुती रहने छन्। जसमा ब्रो–सिस ब्याण्ड, लाउरे एण्ड द ब्याण्ड, प्रयत्न र स्याडोज ब्याण्ड छन्।

नयाँबजारको पहिचानको रुपमा स्थापित तिहार विशेष कार्यक्रममा अन्य थुप्रै प्रस्तुती पनि हुने आयोजकले बताएको छ । कार्यक्रममा कमेडी डान्सर दीपक थापाको पनि विशेष प्रस्तुतीका साथै अन्य सांगीतिक कार्यक्रम समेत रहने आयोजनाले जनाएको छ।

कार्यक्रममा प्रवेशको लागि १ सय ५० रुपैयाको टिकट काट्नु पर्ने क्लबका सदस्य मनोज गुरुङले बताए । कार्यक्रम सम्पन्न गर्न करिब ७ लाख खर्च लाग्ने र ७ लाख ५० रुपैया आम्दानी हुने आयोजकको अनुमान रहेको छ।

कार्यक्रमबाट बचत रकम समाजिक विकासको लागि प्रयोग गरिने उनले बताए । ‘कार्यक्रम सफल पर्न विभिन्न संघ संस्थाले सहयोग गरेको छ,’ उनले भने, ‘कार्यक्रमबाट बचत रकमले बस बिसौनी (बस स्टप) निमार्ण गर्ने छौ ।’ गत बर्ष पनि बचत रकमले चौतारो निर्माण गर्नुका साथै लागु पदार्थ नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको उनले बताए।





Comments

comments

Leave a Reply

14763