भारतीय राष्ट्रपति नेपालमा…


एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, १७ कार्तिक। भारतीय राष्ट्रपति प्रणव मुखर्जी तीनदिने नेपाल भ्रमणका लागि अाज बुधवार साढे १२ बजे काठमाडौं अाईपुगेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा मुखर्जी नेपाल भ्रमणमा आएका हुन्। राष्ट्रपति भण्डारीले विमानस्थलमा मुखर्जीलाई स्वागत गरेकी थिइन्। विमानस्थलमा नेपाली सेनाले विशेष सम्मान अर्पण गरेको थियो। विशेष स्वागतपछि राष्ट्रपति मुखर्जी राष्ट्रपति भन्डारीसँगै एउटै कारगेटमा विमानस्थलबाट सिधै शितलनिवास पुगेका थिए।

मुखर्जीको सम्मानमा सरकारले बुधबार सार्वजनिक बिदा दिएको थियो।

अठार वर्षपछि भारतीय राष्ट्रपतिको नेपाल भ्रमण भएको हो। यसअघि विसं २०५५ जेठ १४ गते भारतीय राष्ट्रपति केआर नारायणनले नेपालको भ्रमण गरेका थिए।





Comments

comments

Leave a Reply

14826