निर्णयको कार्यक्रमलाई उपराष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना सन्देश

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –
पहिचान सहितको नेपालकै पहिलो बिद्यालय सफलता एचआइभी शिक्षा सदनको सहयोगार्थ निर्णय श्रेष्ठले आर्मी अफिसर्स क्लब भद्रकालीमा गरेको सम्मान ग्रहण तथा सांगीतिक कार्यक्रमको सफलताको लागि प्रधानमन्त्री सुशिल कोइराला तथा उपराष्ट्रपति परमानन्द झाले शुभकामना संदेश पठाएका छन्।

शुभकामना सन्देशः
प्रधानमन्त्री: ‘’ बाबुआमा एच आई भी / एड्स संक्रमणमा परि जीवन गुमाएर अनाथ भएका बालबालिकाहरुको सु-स्वास्थ, दिर्घजीवन र उत्तोरत्तर प्रगतिको कामना गर्दै उनीहरुको भबिष्य उज्ज्वल बनाउने कार्यको लागि रकम संकलन गर्न आयोजना गरिएको यस सांस्कृतिक कार्यक्रमको सफलताको लागि शुभेक्षा प्रकट गर्दछु| कार्यक्रम आयोजक, कार्यक्रममा सहभागी हुनु हुने कलाकार र सामाजिक सेवामा योगदान गर्न हृदयदेखि नै उत्साहित रहनु भएका समस्त दर्शक र श्रोता, सहभागी दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक शुभकामना’’!

उपराष्ट्रपति: ‘’पढ्न पाउनु सबैको नैसर्गिक अधिकार हो। एचआइभी संक्रमित बालबालिकाहरुको लागि पहिचान सहितकै नेपालकै पहिलो बिद्यालय सफलता एचआईभी शिक्षा सदन नामक बिद्यालय स्थापना हुनु आफैमा एउटा महत्वपूर्ण एवं उदाहरणीय कार्य हो‘’।

सन् २००६ देखि निरन्तररुपमा सांगीतिक यात्रा गरी ग्रामिण भेगका बालबालिकाहरुको शिक्षा विकासको निम्त्ति २० लाख भन्दा बढी कापी, कलम, किताबलयायत अन्य शैक्षिक सामग्री तथा लत्ता कपडा उपलब्ध गराउँदै आएका समाजसेवी तथा र्याप गायक निर्णय श्रेष्ठले सफलता एचआईभी शिक्षा सदनलाई नगद रु. १ लाखसहित लुगा एवं तीनलाख बराबरको खानेकुरा एक समारोहकाबीच सहयोग हस्तान्तरण गरेका छन्।

कार्यक्रममा सफलता एच आइ भी शिक्षा सदनमा अध्यनरत बालबालिकाहरु इनोभेट बुटिकले प्रदान गरेको ड्रेस लगाएर स्टेजमा बिशेष र्याप वाक गरेका थिए। कार्यक्रममा अतिथिहरु एमाले सभासद रबिन्द्र अधिकारी, कांग्रेस सभासद नविन्द्र राज जोशी, मेगा बैकका सीईओ अनिल शाह, युवा व्यवसायी बिजय खड्कालगायत उपस्थित थिए। कार्यक्रममा सफलता एच आइ भी शिक्षा सदनलाई सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो।





Comments

comments

1492